चीनले आफ्ना नागरिकलाई भन्यो – अमेरिका जानुअघि सोचविचार गर्नू

काठमाडौं । चीनले अमेरिका यात्रा गर्ने आफ्ना नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकहरूलाई अमेरिकाको यात्रा गर्नु अघि त्यहाँको अवस्थाको पूर्ण मूल्याङ्कन गर्न आग्रह गरेको छ । अमेरिकाको सुरक्षा अवस्था र बिग्रँदै गएको  व्यापार सम्बन्धका कारण यात्रा जोखिमपूर्ण हुनसक्ने चीनले बताएको छ । यसबाहेक चीनको शिक्षा मन्त्रालयले विद्यार्थीहरूको […]

Apr 10, 2025 - 07:48
 0
चीनले आफ्ना नागरिकलाई भन्यो – अमेरिका जानुअघि सोचविचार गर्नू

काठमाडौं । चीनले अमेरिका यात्रा गर्ने आफ्ना नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ ।

संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकहरूलाई अमेरिकाको यात्रा गर्नु अघि त्यहाँको अवस्थाको पूर्ण मूल्याङ्कन गर्न आग्रह गरेको छ ।

अमेरिकाको सुरक्षा अवस्था र बिग्रँदै गएको  व्यापार सम्बन्धका कारण यात्रा जोखिमपूर्ण हुनसक्ने चीनले बताएको छ ।

यसबाहेक चीनको शिक्षा मन्त्रालयले विद्यार्थीहरूको लागि छुट्टै चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । यसमा विद्यार्थीहरूलाई अमेरिका नजान सल्लाह दिइएको छ, किनकि उनीहरूले त्यहाँ भिसा, कागजी कार्य वा कानुनी समस्याहरूको सामना गर्न सक्छन् ।

उल्लेखनीय छ कि चीन र अमेरिका ट्यारिफको विषयमा आमनेसामने आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमा १२५% कर लगाएका छन् । यसैबीच चीनले अमेरिकी सामानहरूमा ८४% कर लगाउने घोषणा गरेको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रमा पर्ने असर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register