काठमाडौं–हेटौंडा सडक: निर्माणाधीन र बिग्रिएका खण्डले यात्रुलाई सास्ती (तस्वीरहरु)  

सडकको फर्पिङ–हुमाने खण्डमा ठाउँठाउँमा बाटो बिग्रिएको छ र मर्मतको काम जारी छ। यसले गर्दा यो खण्डमा यात्रा असहज बनेको छ। यद्यपि, हुमानेदेखि फाखेलसम्मको खण्ड भर्खरै पिच भएकोले यहाँको यात्रा भने सहज बनेको छ।

Jun 26, 2025 - 04:29
 0
काठमाडौं–हेटौंडा सडक: निर्माणाधीन र बिग्रिएका खण्डले यात्रुलाई सास्ती (तस्वीरहरु)  

काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने सडकखण्ड अहिले अस्तव्यस्त अवस्थामा छ। विभिन्न खण्डमा भइरहेको निर्माण र मर्मतका काम तथा केही स्थानमा सडक बिग्रिएका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको छ।

सडकको फर्पिङ–हुमाने खण्डमा ठाउँठाउँमा बाटो बिग्रिएको छ र मर्मतको काम जारी छ। यसले गर्दा यो खण्डमा यात्रा असहज बनेको छ। यद्यपि, हुमानेदेखि फाखेलसम्मको खण्ड भर्खरै पिच भएकोले यहाँको यात्रा भने सहज बनेको छ।

फाखेलदेखि तलको खण्डमा पिचको तयारी भइरहेको छ। महालक्ष्मी खोलामा पुल बनाउने काम चलिरहेकाले त्यस क्षेत्रमा अत्यधिक हिलो छ, जसले गर्दा सवारी आवागमनमा समस्या भइरहेको छ। सो क्षेत्र पार गरेपछि भने कतै ढलान र कतै ग्राभेल गर्ने तयारी भइरहेको  छ।

सडकको यो अवस्थाले दैनिक यात्रा गर्ने र सामान ढुवानी गर्नेहरूलाई प्रत्यक्ष असर पारिरहेको छ।

तस्वीरहरु-नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register