स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले व्यास-५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बोर्डका लागि तीन जनाको नाम सिफारिस भएको थियो। काफ्लेसहित डा कृष्ण अधिकारी र कमल पन्थीको नाम सिफारिस भएको थियो। मन्त्रिपरिषदले काफ्लेलाई निर्देशकको जिम्मेवारी दिने निर्णय […]

Mar 11, 2025 - 05:38
 0
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

काठमाडौं ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले व्यास-५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

बोर्डका लागि तीन जनाको नाम सिफारिस भएको थियो। काफ्लेसहित डा कृष्ण अधिकारी र कमल पन्थीको नाम सिफारिस भएको थियो। मन्त्रिपरिषदले काफ्लेलाई निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। काफ्लेले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।

उनले वैदेशिक रोजगार बोर्डको कार्यकारी प्रमुखको रुपमा ४ वर्ष काम गरेका छन्। उनले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रुपमा १९ महिना काम गरेका थिए।

काफ्लेले करिब १२ वर्ष संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको सहभागितात्मक जिल्ला विकास कार्यक्रम र संयुक्त राष्ट्रसंघीय बाल कोष यूनिसेफको महिला तथा बालबालिका सम्बन्धी विकेन्द्रित कार्यक्रम लगायतका विकास साझेदारका परियोजनाहरुको जिल्ला टोली नेताको रुपमा काम गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register