लगातार घट्दै सेयर बजार, कारोबार रकममा सङ्कुचन

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २१ अङ्कले घटेर २७१९ दशमलव २० को विन्दुमा पुगेको छ । मङ्गलबार ३०३ कम्पनीका ९२ हजार ३१ पटकको कारोबारमा १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम […]

Mar 11, 2025 - 09:39
 0
लगातार घट्दै सेयर बजार, कारोबार रकममा सङ्कुचन

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २१ अङ्कले घटेर २७१९ दशमलव २० को विन्दुमा पुगेको छ ।

मङ्गलबार ३०३ कम्पनीका ९२ हजार ३१ पटकको कारोबारमा १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँ रहेको छ ।

३२ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये बैङ्किङ समूहमा उछाल आउँदा अन्य राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register