कसैले ‘उहिले नेपाल स्वर्ग थियो’ भने तथ्याङ्क पल्टाएर हेरौं : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद गगन थापाले युवाहरूलाई तथ्याङ्क अध्ययन गरी यथार्थ बुझ्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै थापाले इतिहासका कुरामा मिथ्या प्रचार हुने गरेको बताउँदै यथार्थ जान्न तथ्याङ्कको अध्ययन आवश्यक रहेको बताए । थापाले भने, “डेटामा विश्वास गर्ने नौजवान साथीहरू हुनुहुन्छ । तपाईंहरूलाई यहाँ आएर उभिएर भन्दिन्छ कसैले, उहिले नेपालले […]

Mar 11, 2025 - 09:39
 0
कसैले ‘उहिले नेपाल स्वर्ग थियो’ भने तथ्याङ्क पल्टाएर हेरौं : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद गगन थापाले युवाहरूलाई तथ्याङ्क अध्ययन गरी यथार्थ बुझ्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै थापाले इतिहासका कुरामा मिथ्या प्रचार हुने गरेको बताउँदै यथार्थ जान्न तथ्याङ्कको अध्ययन आवश्यक रहेको बताए ।

थापाले भने, “डेटामा विश्वास गर्ने नौजवान साथीहरू हुनुहुन्छ । तपाईंहरूलाई यहाँ आएर उभिएर भन्दिन्छ कसैले, उहिले नेपालले धान बेच्थ्यो भन्दिन्छ । एक पटक तथ्याङ्क पल्टाएर हेर्दिनुहोस् । उहिले नेपाल स्वर्ग थियो भन्दिन्छ, तथ्याङ्क पल्टाएर हेर्नुस् । उहिले नेपाल असाध्यै राम्रो थियो, जताततै पूर्वाधार, विद्युत्, खानेपानी थियो भन्दिन्छ, एक पल्ट तथ्याङ्क पल्टाएर हेरौँ ।”

तथ्याङ्कको आधारमा मुलुकको आर्थिक तथा सामाजिक अवस्थाको तुलनात्मक अध्ययन गर्नुपर्ने थापाले बताए । “मैले तथ्याङ्क पल्टाएर हेरौँ भन्दा अहिले राम्रो भयो भने तर्क हैन । यो भन्दा धेरै राम्रो गर्नु पर्ने छ । यो भन्दा धेरै राम्रो गर्न सकिन्छ,” उनले थपे ।

थापाले युवाहरूलाई अवसर पहिचान गरी त्यसलाई उपयोग गर्न आग्रह गरेका थिए । प्राप्त व्यवस्थाले दिएको अवसरलाई उपयोग गर्नुपर्ने थापाले बताए । त्यस्तै थापाले अघिल्लो ३० वर्षमा भएका परिवर्तनबारे चर्चा गर्दै लोकतन्त्रकै कारण नागरिक स्वतन्त्रता र अवसर बढेको बताए ।

“अघिल्लो ३० वर्षमा किन भएन अहिले किन भयो भन्ने कुरा स्वतन्त्रता हो । गरेको सरकारले हैन नागरिकले नै हो । लोकतन्त्रको सबैभन्दा सुन्दर कुरा भनेको नागरिक यसमा सबैभन्दा बलियो भएको हो । नागरिकको कुरा नसुन्ने जो कोही पनि सकिन्छ,” थापाले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register