काठमाडौं महानगरले भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ मसान्तसम्म सार्वजनिक सडक र फुटपाथ खन्ने अनुमति तथा सहमति दिने कार्य स्थगन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागद्वारा जारी सूचनामा भनिएको छ, “२०७२ असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि सडक/फुटपाथ खन्ने स्वीकृतिरसहमति दिने कार्य रोकिएको छ ।” यो निर्णयको उद्देश्य सडक तथा पैदल मार्ग व्यवस्थापनलाई प्रभावकारी बनाउने […]

Jun 17, 2025 - 05:40
 0
काठमाडौं महानगरले भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ मसान्तसम्म सार्वजनिक सडक र फुटपाथ खन्ने अनुमति तथा सहमति दिने कार्य स्थगन गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागद्वारा जारी सूचनामा भनिएको छ, “२०७२ असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि सडक/फुटपाथ खन्ने स्वीकृतिरसहमति दिने कार्य रोकिएको छ ।”

यो निर्णयको उद्देश्य सडक तथा पैदल मार्ग व्यवस्थापनलाई प्रभावकारी बनाउने र वर्षायाममा हुने सम्भावित क्षति न्यूनीकरण गर्नु रहेको जनाइएको छ ।

महानगरले क्षेत्रभित्र कुनै पनि खन्ने कार्य नगरिने जानकारी सार्वजनिक गर्दै सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register