वित्तीय सङ्घीयतामा वैदेशिक सहायता रकम दुरुपयोगको छानबिन माग
काठमाठौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले वित्तीय सङ्घीयतामा आएको वैदेशिक सहायता रकम दुरुपयोगमा छानबिनको माग गरेकी छन् । संसद्को शून्य समयमा बोल्दै उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगलाई समेत गुमराहमा राखेर यूएसएडले दिएको सहायता दुरुपयोग भएको भन्दै उनले छानबिनको माग गरेकी हुन् । ‘आयोगको समेत स्वीकृति विना सहयोग रकम दुरुपयोग भएको छ […]

काठमाठौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले वित्तीय सङ्घीयतामा आएको वैदेशिक सहायता रकम दुरुपयोगमा छानबिनको माग गरेकी छन् ।
संसद्को शून्य समयमा बोल्दै उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगलाई समेत गुमराहमा राखेर यूएसएडले दिएको सहायता दुरुपयोग भएको भन्दै उनले छानबिनको माग गरेकी हुन् ।
‘आयोगको समेत स्वीकृति विना सहयोग रकम दुरुपयोग भएको छ । यो विषयमा अर्थ मन्त्रालयले समेत सम्झौता नभएको सूचना प्रवाह गरी गैर जिम्मेवारीपन देखाएको छ । यसको निष्पक्ष छानबिन होस्,’ उनको माग छ ।
संसद्मा मन्त्रीहरूको उपस्थिति नभएको विषयमा पनि उनले व्यङ्ग्य गरेकी छन् । ‘राजसंस्था समर्थितको जुलुसले तर्सिएर हो की मन्त्रीहरू नै हराउनुभएको,’ उनले व्यङ्ग्य गरिन् । मन्त्रीहरूलाई गम्भीर र जिम्मेवार बन्न उनले सुझाएकी छिन् ।
What's Your Reaction?






