पार्टीको बैठकअघि कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको प्रदर्शन, तरुण दलको अनशन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि भ्रातृ संगठनहरू नेविसंघ र तरुण दलले आन्दोलन गरेका छन् । ती संगठनहरूले महाधिवेशनको माग राखी केन्द्रीय कार्यालयमा आन्दोलन गरेका हुन् । तरुण दलका नेताहरू आइतबारदेखि नै केन्द्रीय कार्यालयमा अनशन बसेका छन् भने नेविसंघका नेता कार्यकर्ताहरूले अहिले प्रदर्शन गरिरहेका छन् । यस्तै महिला संघका नेता कार्यकर्ताहरूले […]

Jun 30, 2025 - 08:56
 0
पार्टीको बैठकअघि कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको प्रदर्शन, तरुण दलको अनशन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि भ्रातृ संगठनहरू नेविसंघ र तरुण दलले आन्दोलन गरेका छन् । ती संगठनहरूले महाधिवेशनको माग राखी केन्द्रीय कार्यालयमा आन्दोलन गरेका हुन् । तरुण दलका नेताहरू आइतबारदेखि नै केन्द्रीय कार्यालयमा अनशन बसेका छन् भने नेविसंघका नेता कार्यकर्ताहरूले अहिले प्रदर्शन गरिरहेका छन् । यस्तै महिला संघका नेता कार्यकर्ताहरूले पनि प्रदर्शन गरिरहेका छन् ।

नेविसंघको प्रदर्शनका कारण अहिले सानेपामा प्रहरी परिचालनसमेत गरिएको छ । पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेविसंघको प्रदर्शन र तरुण दलको अनशन जारी रहेको बताए । उनले भने, ‘यहाँ नेविसंघको प्रदर्शन भइरहेको छ । प्रहरी परिचालन भएको छ ।’ उनले पार्टीको बैठक पनि सुरु हुन नसकेको बताए ।

कांग्रेसका विभिन्न भ्रातृ संगठनहरूले महाधिवेशन गर्न सकेका छैनन् । तीमध्ये नेविसंघ, तरुण दल र महिला संघ प्रमुख छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा भ्रातृ संगठनको महाधिवेशनलाई एजेन्डाका रूपमा राखिएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । गत असोजपछि सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register