समाजसेवी डेभिड गुरुङ सिरुबारी प्रथम पर्यटकीय गाउँ यूकेको अध्यक्ष चुनिए

लण्डन- लण्डनमा पर्यटकीय गाउँ सिरुबारीवासीहरुको गाउँले भेला सम्पन्न भएको छ । २९ जुन आइतबार साउथ इस्ट लण्डनको प्लमस्टिड कमनमा भेला भएको हो । सो भेलाले डेभिड गुरुङलाई सिरुबारी प्रथम पर्यटकीय गाउँ युकेको अध्यक्ष, नवराज गुरुङलाई उपाध्यक्ष र धन बहादुर गुरुङलाई सचिव पदमा चयन गरेको छ । भेलामा गाउँघरको संस्कार, रीतिथिति जगेर्ना र परदेशमा भावी पुस्तालाई […]

Jun 30, 2025 - 06:39
 0
समाजसेवी डेभिड गुरुङ सिरुबारी प्रथम पर्यटकीय गाउँ यूकेको अध्यक्ष चुनिए

लण्डन- लण्डनमा पर्यटकीय गाउँ सिरुबारीवासीहरुको गाउँले भेला सम्पन्न भएको छ ।

२९ जुन आइतबार साउथ इस्ट लण्डनको प्लमस्टिड कमनमा भेला भएको हो ।

सो भेलाले डेभिड गुरुङलाई सिरुबारी प्रथम पर्यटकीय गाउँ युकेको अध्यक्ष, नवराज गुरुङलाई उपाध्यक्ष र धन बहादुर गुरुङलाई सचिव पदमा चयन गरेको छ ।

भेलामा गाउँघरको संस्कार, रीतिथिति जगेर्ना र परदेशमा भावी पुस्तालाई हस्तान्तरण एवं आफ्नो पुर्खौली गाउँ र त्यस भेगलाई कसरी माथि उकास्न सकिन्छ भन्नेबारेमा वृहत छलफल भएको थियो । 

सिरुबारीका क्या. मोहन गुरुङ र सुवर्ण गुरुङको सहजीकरणमा सञ्चालन भएको उक्त भेलामा लण्डनको व्यस्तताबीच सिरुबारीवासीहरू एकत्रित भएका थिए । 

सो भेटघाटमा सिरुबारी गाउँका बासिन्दाहरु जगदीश गुरुङ सोँपाल समाज यूकेको अध्यक्ष, डेभिड गुरुङ एनआरएनए यूके प्रमुख संरक्षक र विजय बहादुर गुरुङ एनआरएनए यूकेको आइसीसी सदस्य भएको उपलक्षमा बधाई दिंदै सिरुबारी गाउँलेद्वारा फेटा र खादाबाट सम्मान गरिएको थियो । 

भेलाका सहभागीले १५ असारको शुभकामना पनि बांडेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register