गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैनः श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिने बताएका छन् । गल्ती भएका चेक ३० […]

Mar 12, 2025 - 08:21
 0
गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैनः श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिने बताएका छन् । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानूनी व्यवस्था रहेको उनको भनाई छ । 

‘चेकमा गलत अमाउण्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ ।’, उनले भने, ‘त्यसकारण गल्ती छ भने त्यो समयमा सच्चिहाल्छ ।’

त्यस्तै, उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिवाना गर्ने/नगर्ने लगायतका विषयमा कानूनी व्यवस्था भइसकेको पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register