१४ सय कोठाभाडा नदिएको झोकमा घरबेटीले गरे डेरामा बस्नेको हत्या 

काठमाडौँ । पाल्पामा कोठाभाडा नदिएको भन्दै घरबेटीले डेरामा बस्नेको हत्या गरेका छन् । जिल्लाको तानसेन नगरपालिका-११ घर भएका माधव विष्टले आफ्नो घरमा डेरा गरी बस्ने ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन् । हाल बुढाथोकीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले विष्टलाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार कोठाभाडाबापत १४ सय रुपैयाँ नदिएको विषयमा […]

Feb 7, 2025 - 09:30
 0
१४ सय कोठाभाडा नदिएको झोकमा घरबेटीले गरे डेरामा बस्नेको हत्या 

काठमाडौँ । पाल्पामा कोठाभाडा नदिएको भन्दै घरबेटीले डेरामा बस्नेको हत्या गरेका छन् । जिल्लाको तानसेन नगरपालिका-११ घर भएका माधव विष्टले आफ्नो घरमा डेरा गरी बस्ने ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन् ।

हाल बुढाथोकीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले विष्टलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार कोठाभाडाबापत १४ सय रुपैयाँ नदिएको विषयमा विवाद हुँदा विष्टले बुढाथोकीको हत्या गरेका हुन् । प्रहरीका अनुसार बुढाथोकी मासिक ५ सय रुपैयाँ भाडामा विष्टको घरमा बस्दै आएका थिए । 

भाडाबापतको १४ सय नदिएको भन्दै विष्टले उनलाई हँसियाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । सो दिन घरबेटी विष्टले मादक पदार्थ सेवासमेत गरेको प्रहरीले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register