च्याम्पियन्स ट्रफीमा कोहलीको तीन ‘भाइरल डान्स मुभ्स’

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतीय क्रिकेट टोलीले जित्यो । गत  आइतबार न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै उपाधि भारतले जितेको हो । जितपछि हरेक क्रिकेट टोलीको सेलिब्रेसन स्टाइल फरक हुनेगर्छ । स्याम्पेन खोल्ने, स्टेडियम घुमेर समर्थकलाई धन्यवाद दिने, राष्ट्रिय झण्डा फहराउने तथा विभिन्न गीत घन्काएर नाच्नेजस्ता क्षणहरु जित मनाउने केही तरिका हुन् । केही […]

Mar 12, 2025 - 12:10
 0
च्याम्पियन्स ट्रफीमा कोहलीको तीन ‘भाइरल डान्स मुभ्स’

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतीय क्रिकेट टोलीले जित्यो । गत  आइतबार न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै उपाधि भारतले जितेको हो ।

जितपछि हरेक क्रिकेट टोलीको सेलिब्रेसन स्टाइल फरक हुनेगर्छ । स्याम्पेन खोल्ने, स्टेडियम घुमेर समर्थकलाई धन्यवाद दिने, राष्ट्रिय झण्डा फहराउने तथा विभिन्न गीत घन्काएर नाच्नेजस्ता क्षणहरु जित मनाउने केही तरिका हुन् ।

केही खेलाडीले आफ्नो पृथक शैलीमा पनि जितलाई मनाउने गर्छन् । त्यस्तै खेलाडीको सूचीमा पर्छन्, भारतीय क्रिकेटर विराट कोहली (Virat Kohli)। कहिले खेल्दै गर्दा त कहिले खेलकै क्रममा कोहली नाच्ने गर्छन् ।

एसिया कपको खेलमा नेपालविरुद्धको खेलमा कुटुमा कुटु गीतमा नाच्दैँ कोहली

एसिया कपको दौरान नेपालविरुद्धको खेलमा नेपाली गीत ‘कुटुमा कुटु’ गीतमा कोहलीले कम्मर हलाउँदा, त्यो डान्स सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । कोहलीको जितपछिको नृत्य सधैँ यादगार हुने गर्दछ ।

यसपटक पनि टुर्नामेन्ट सकिएपनि भारतका कोहलीको सेलिब्रेसनको डान्स मुभ्स अझै पनि चर्चामा छ । कोहलीले ट्रफी उचालेपछि नृत्यको साथ सेलिब्रेसन गरेको यो पहिलो पटक भने पक्कै होइन ।

सन् २०१३ मा पनि भारतले ट्रफी उचाल्दा विराटको डान्स मुभ्सले सेलिब्रेट गरेका थिए । त्यस सेलिब्रेसनदेखि सन् २०२५ को ट्रफी उचाल्दासम्म उनले मैदानमा ३ फरक डान्स मुभ्सका साथ सेलिब्रेसन गरेका छन् । जुन यसप्रकार रहेका छन् ।

गङ्नाम स्टाइल

सन् २०१३ मा भएको च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको थियो । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टोलीमा कोहली पनि थिए । बर्मिङ्घमको एजबास्टन इनमा भएको फाइनल खेलमा भारतले इङ्ल्याण्डलाई ५ रनले हराएको थियो । भारतका लागि त्यो दोस्रो च्याम्पियन्स ट्रफी थियो ।

सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेलगत्तै वर्म वेभ वा क्याटरपिलर डान्स स्टेप गर्दै कोहली

त्यसबेला पनि कोहलीको डान्स चर्चाको शिखरमा नै रह्यो । ग्रुप फोटो खिच्न बेला उफ्रँदै कोहली अगाडि जान्छन् र एक्कासी हिपहपमा प्रसिद्ध फ्लोर वर्कको रुपमा चिनिने ‘वर्म वेभ’ वा ‘क्याटरपिलर स्टेप’ (Worm Wave) पनि गर्न थाल्छन् । दुईपटक यो क्याटरपिलर स्टेप गरेपछि कोहलीले स्टेप चेन्ज गरेका थिए ।

सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेलगत्तै गङ्नाम स्टाइलको हुक स्टेप गर्दै कोहली

सन् २०१२ मा आएको कोरियन पप के–पप सिङ्गर तथा र्यापरको प्रसिद्ध गीत गङ्नाम स्टाइल (Gangn am Style)को हुक स्टेप देखाएर विराटले च्याम्पियन्स ट्रफीको जितको सेलिब्रेसन गरेका थिए । त्यो बेलाको निमै भाइरल डान्स मुभलाई कोहलीले आफ्नो शैलीमा प्रस्तुत गर्दा मैदानमा चार चान्द लागेको थियो ।

सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेलगत्तै पुशअप गर्दै कोहली

त्यो मुभलगत्तै उनले पुसअप पनि हानेका थिए । उनले आफ्नो सो स्टेपलाई ग्रुप फोटोमा मात्र सिमित राखेनन् । तर,समर्थकलाई धन्यवाद दिँदा पनि ह्वाइट ज्याकेट लगाएका कोहली मैदान घुम्ने क्रममा पनि पटक पटक सोही शैलीमा नाचेका थिए ।

भाङ्ग्रा

भारतीय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका कोहलीले भाङ्ग्रा (Bhangra) स्टेपको पनि प्रदर्शन गरे । पन्जाबको क्षेत्रसँग नाता भएको विराटले भाङ्ग्रा नाच्न पनि दुरुस्तै नाचेका थिए ।

फाइनलमा न्यूजिल्याण्डका टम लेथमलाई भारतका रविन्द्र जडेजाले आउट गर्दै भाङ्ग्रा नाच्दैँ कोहली

फाइनलमा न्युजिल्याण्डविरुद्ध खेलमा विकेटकिपर–ब्याट्सम्यान टम लेथमलाई रविन्द्र जडेजाले आउट गर्दा विराटले भाङ्ग्रा पनि नाचेका थिए । विकेटलगत्तै क्यामेरा विराटाको सेलिब्रेसनतर्फ मोडिएको थियो । भारतीय दर्शकले त्यसलाई दुरुस्तै मन पराए । साथै, त्यो क्षण सामाजिक सञ्जालमा पनि निकै भाइरल भएको थियो ।

कोहलीको डान्सबारे बोल्दैँ पूर्व भारतीय क्रिकेटर हरभजन सिंह

उनको सेलिब्रेसनमा भारतको पूर्व क्रिकेटर हरभजन सिंहले पनि मन पराएका थिए । उनले भनेका थिए – ‘कोहली मुडमा छन् पूरै । वाहवाह । कुम पनि हलाइरहेका छन् । भङ्ग्रा पनि गरे । क्रिकेट इन्जोइ गरिरहेका छन्। ’

सन् २०२५ मा च्याम्पियन्स ट्रफी जितेपश्चात स्टम्प बोकेर भाङ्ग्रा गर्दै कोहली

खेलसकेपछि पनि उनले स्टम्प हातमा लिएर मैदानमा भाङ्ग्रा नाचेका थिए । स्टम्पलाई टाउकोमाथि दुई हातले समातेर भाङ्ग्रा नाच्दै कोहली अगाडी बढेको दृश्य निकै रोचक बनेको थियो ।

डान्डिया

रविन्द्र जडेजाले विनिङ शट खेलेलगत्तै भारतीय टोलीमा उत्साहको लहर छायो । विराटले खेले जितेलगत्तै गौतम गम्भीरलाई अङ्कमाल पनि गरे । विराट जस्तै अन्य भारतीय खेलाडीले पनि भङ्ग्रा नाचे ।

सन् २०२५ मा च्याम्पियन्स ट्रफी जितेपश्चात स्टम्पले रोहित शर्मासँग डान्डिया रास गर्दै कोहली

स्टम्प हातमा लिएर कोहलीले रोहीत शर्मासँग डान्डिया पनि खेले । दुवै स्टम्पलाई यति मजाले तालसँग ताल मिलाएर ठोक्याउँदै थिए कि मानौँ गुजरातमा खेलिने डान्डिया रास र गब्रा दुबईमा छायो ।

फरकफरक अवसरमा क्रिश गेल, युवराज सिंह र प्रभु देवासँग नाच्दैँ कोहली

यद्यपि, कोहलीको डान्स क्रिकेट मैदानमा मात्र सिमित रहँदैनन् । बेलाबखतमा विभिन्न कार्यक्रममा क्रिश गेलदेखि डान्सको गड प्रभु देवासँग बलिउड गानामा नाचेर ब्याटले मात्र नभई कम्मर मरकाएर पनि चर्चामा रहने छन् ।

उपाधि विजेता भारतीय खेलाडीले लगाएको ‘ह्वाइट ज्याकेट’ के हो ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register