क्यानले सार्वजनिक गर्यो खेलाडीको वार्षिक करार सूची, १ लाख पाउने ग्रेड ‘ए’ मा पाँचजना

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (CAN) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको वार्षिक करार सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा खेलाडीलाई प्रदर्शनका आधारमा विभिन्न ग्रेडमा विभाजन गरिएको छ । १ लाख रुपैयाँ मासिक पारिश्रमिक पाउने ग्रेड ‘A’ मा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख छन् ।  यस्तै मासिक ७० हजार रुपैयाँ पाउने ग्रेड ‘B’ […]

Mar 12, 2025 - 12:58
 0
क्यानले सार्वजनिक गर्यो खेलाडीको वार्षिक करार सूची, १ लाख पाउने ग्रेड ‘ए’ मा पाँचजना

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (CAN) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको वार्षिक करार सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीमा खेलाडीलाई प्रदर्शनका आधारमा विभिन्न ग्रेडमा विभाजन गरिएको छ । १ लाख रुपैयाँ मासिक पारिश्रमिक पाउने ग्रेड ‘A’ मा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख छन् । 

यस्तै मासिक ७० हजार रुपैयाँ पाउने ग्रेड ‘B’ मा  करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललित राजवंशी र अनिल साह रहेका छन् । 

ग्रेड ‘C’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । यो ग्रेडका खेलाडीले मासिक ५५ हजार रुपैयाँ पाउने क्यानले जनाएको छ । 

ग्रेड ‘D’ मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतीश जिसी अविनाश बोहरा, मयन यादव छन् । यो ग्रेडका खेलाडीले मासिक ३५ हजार पाउनेछन् ।

उदीयमान खेलाडीले पनि मासिक २५ हजार रुपैयाँ पारिश्रमिक पाउने क्यानले जनाएको छ । यो समूहमा अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रुपेस सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, सन्तोष यादव छन् । 

 नेपाल क्रिकेट सङ्घले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आकर्षक पारिश्रमिक प्रदान गर्दै आएको छ । यस करार सूचीले राष्ट्रिय टोलीका खेलाडीलाई आर्थिक सुरक्षाका साथै उत्कृष्ट प्रदर्शनका लागि प्रोत्साहन गर्ने क्यानको अपेक्षा छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register