एनसेल नेपाल सुपर लिग सिजन-३ को टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे 

काठमाडौं । देशको पहिलो र एक मात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग ‘एनसेल नेपाल सुपर लिग’ (एनएसएल) को तेस्रो सिजनमा टिकेटिङ पार्टनर खल्ती,  आइएमई पे रहेका छन् । एनएसएल, खल्ती र आइएमई पेबीचको त्रिपक्षीय सम्झौतामार्फत स्थापित साझेदारीअन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिने बताइएको छ । मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले […]

Mar 19, 2025 - 08:05
 0
एनसेल नेपाल सुपर लिग सिजन-३ को टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे 

काठमाडौं । देशको पहिलो र एक मात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग ‘एनसेल नेपाल सुपर लिग’ (एनएसएल) को तेस्रो सिजनमा टिकेटिङ पार्टनर खल्ती,  आइएमई पे रहेका छन् ।

एनएसएल, खल्ती र आइएमई पेबीचको त्रिपक्षीय सम्झौतामार्फत स्थापित साझेदारीअन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिने बताइएको छ । मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले टिकट खरिदलाई सजिलो, पहुँचयोग्य र सुविधाजनक बनाएर फ्यान अनुभव बढाउने लक्ष्य राखेको छ ।

समर्थकहरूले खल्ती र आइएमई पेमार्फत डिजिटल वालेट, मोबाइल बैङ्किङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी भौतिक लेनदेन बिना नै खेलका टिकटहरू तुरुन्तै किन्न सकिने जनाइएको छ ।

यसको सहकार्यको बारेमा बोल्दै नेपाल सुपर लिग एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, “नेपालका सबैभन्दा विश्वसनीय दुई डिजिटल पेमेन्ट प्लेटफर्महरू खल्ती र आइएमई पेसँग हात मिलाउन पाउँदा हामी खुसी छौँ । यो साझेदारीले टिकेटिङलाई सरल बनाउने र फ्यानहरूलाई आफ्नो सिट सहजै सुरक्षित गर्न सघाउने छ ।’

यही भावनालाई जोड दिँदै आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “नेपाल सुपर लिगको साझेदारको रूपमा नेपाली फुटबलको विकासलाई समर्थन गर्न पाउँदा आईएमई पे गर्व गर्दछ । हामीले एनएसएल र खल्तीसँग सहकार्य गर्दै खेलकुद क्षेत्रको विकासमा सघाउने र सिमलेस डिजिटल सोलुसन मार्फत फ्यान एक्सपिरियन्स बढाउने लक्ष्य राखेका छौँ ।’

उत्साहलाई निरन्तरता दिँदै खल्ती प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले थपे, ‘हामी एनपीएल र इन्टरनेसनल वुमेन च्याम्पियनसिपको अभूतपूर्व सफलतापछि आईएमई पे र एनएसएलसँग मिलेर यस अविश्वसनीय यात्रामा साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register