नमोबुद्ध पाँचथर गोल्डकपको फाइनलमा

पाँचथर, २९ फागुन । पाँचथरको फिदिममा सञ्चालन भइरहेको पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा चर्च व्वाइजलाई हराउँदै नमोबुद्ध फाइनलमा प्रवेश गरेको छ । बिहीबार फिदिम मा।वि।को खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नमोबुद्ध युथ क्लब सप्तरीले चर्च व्वाइज युनाइटेड काठमाडौँलाई टाइब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध फाइनलमा पुगेको हो । निर्धारित समयमा २/२ गोलको बराबरी [...] The post नमोबुद्ध पाँचथर गोल्डकपको फाइनलमा appeared first on Jhapa Online.

Mar 13, 2025 - 14:24
 0
नमोबुद्ध पाँचथर गोल्डकपको फाइनलमा

पाँचथर, २९ फागुन । पाँचथरको फिदिममा सञ्चालन भइरहेको पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा चर्च व्वाइजलाई हराउँदै नमोबुद्ध फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार फिदिम मा।वि।को खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नमोबुद्ध युथ क्लब सप्तरीले चर्च व्वाइज युनाइटेड काठमाडौँलाई टाइब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध फाइनलमा पुगेको हो । निर्धारित समयमा २/२ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुश मगर, अनिल मगर र विवेक राईले गोल गरे । चर्च व्वाइजका तर्फबाट विदेशी खेलाडी तल्ला र सागर तिरुवाले मात्र गोल गरे । खेलको म्यान अफ द म्याच नमोबुद्धका गोलकिपर जयराथ शेख घोषित हुँदै नगद ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

शनिबार हुने फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र नमोबुद्ध युथ फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

The post नमोबुद्ध पाँचथर गोल्डकपको फाइनलमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register