गर्मीको सुपरफुड खरबुजा : कति खाने, कसले खानु हुँदैन ?

एजेन्सी । गर्मीको समयमा घाँटी सुख्खा भइरहेको बेला मीठो–रसिलो खरबुजा पाउँदाको मज्जा नै बेग्लै । सामान्यतया: हामीहरू यसलाई स्वाद र मज्जाको लागि खान्छौँ । जबकि यो स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक हुन्छ । लगभग ५ हजार वर्ष अघि अफ्रिकामा पहिलो पटक खरबुजा उब्जाइएको थियो । त्यसपछि बिस्तारै यो इजिप्ट र ग्रीस हुँदै भारत र नेपाल […]

Mar 15, 2025 - 10:32
 0
गर्मीको सुपरफुड खरबुजा : कति खाने, कसले खानु हुँदैन ?

एजेन्सी । गर्मीको समयमा घाँटी सुख्खा भइरहेको बेला मीठो–रसिलो खरबुजा पाउँदाको मज्जा नै बेग्लै । सामान्यतया: हामीहरू यसलाई स्वाद र मज्जाको लागि खान्छौँ । जबकि यो स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

लगभग ५ हजार वर्ष अघि अफ्रिकामा पहिलो पटक खरबुजा उब्जाइएको थियो । त्यसपछि बिस्तारै यो इजिप्ट र ग्रीस हुँदै भारत र नेपाल आइपुग्यो । यहाँसम्म कि इजिप्टका पिरामिडहरूमा पनि खरबुजाका अवशेष भेटिएका छन् ।

खरबुजामा ९० प्रतिशतभन्दा बढी भाग पानी हुन्छ, जसले शरीरलाई हाइड्रेटेड राख्छ । त्यसैले खरबुजालाई गर्मीको सुपरफुड पनि भनिन्छ ।

खरबुजा भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ । यसले मुटुको स्वास्थ्य सुधार्छ, तौल नियन्त्रणमा राख्छ र पाचन प्रणाली पनि बलियो बनाउँछ । त्यसैले हामी आज ‘गर्मीको सुपरफुड’ खरबुजाको बारेमा कुरा गर्नेछौँ –

१०० ग्राम खरबुजामा लगभग ३० क्यालोरी हुन्छ । यसको अधिकांश भाग पानी हुन्छ । यसमा प्रोटिन र कार्बोहाइड्रेटको साथै सुगर ६.२ ग्राम, फ्याट्स ०.२ ग्राम, प्रोटिन ०.३ ग्राम, फाइबर ०.४ ग्राम, पानी ९१ प्रतिशत, कार्बोहाइड्रेट ७.६ ग्राम पाइन्छ ।

खरबुजा खानमा यति रसिलो हुन्छ कि मानिसहरू सोच्छन् यसमा केवल पानी छ । जबकि, यो धेरै भिटामिन र मिनरल्सको उत्कृष्ट स्रोत पनि हो । यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरअनुसार यसमा भिटामिन सी, भिटामिन ए र पोटासियम प्रशस्त मात्रामा हुन्छ । १०० ग्राम खरबुजामा १३ प्रतिशत भिटामिन सी , ११ प्रतिशत भिटामिन ए , ४ प्रतिशत पोटासियम, २.४ प्रतिशत म्याग्नेसियम र १ प्रतिशत क्याल्सियम पाइन्छ ।

फाइदा

खरबुजा खाँदा स्वास्थ्यलाई धेरै फाइदा गर्दछ । गर्मीमा यसले शरीरको तापक्रम सामान्य राख्न मद्दत गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता सुधार्छ र छालाको स्वास्थ्य पनि राम्रो बनाउँछ । भारतीय डाक्टर तथा न्यूट्रिसियन अनु अग्रवालका अनुसार यसका फाइदा –

रोग प्रतिरोधात्मक प्रणाली बलियो

खरबुजामा प्रशस्त मात्रामा भिटामिन सी हुन्छ । यसले रोग प्रतिरोधात्मक प्रणाली बलियो बनाउँछ । यसले शरीरलाई सङ्क्रमण र रोगहरूसँग लड्न मद्दत गर्छ र क्यान्सर जस्ता रोगहरूको जोखिम पनि कम गर्न सक्छ ।

आँखाको लागि फाइदाजनक

एउटा मध्यम आकारको खरबुजाको टुक्रामा ९–११ प्रतिशत सम्म भिटामिन ए हुन्छ । हाम्रो आँखाको लागि भिटामिन ए धेरै आवश्यक हुन्छ । त्यसैले खरबुजा खाँदा आँखा स्वस्थ रहन्छ र दृष्टि कमजोर हुने खतरा कम हुन्छ ।

शरीर हाइड्रेटेड रहन्छ

खरबुजामा लगभग ९१ प्रतिशत सम्म पानी हुन्छ । त्यसैले खरबुजा खाँदा शरीरमा पानीको कमी हुँदैन । गर्मीमा शरीरलाई तुलनात्मक रूपमा बढी पानीको आवश्यकता पर्छ । खरबुजा खाँदा पानीको यो आवश्यकता सजिलै पूरा हुन सक्छ ।

छालाको लागि फाइदाजनक

खरबुजामा भिटामिन ए, ब ६ र सी हुन्छ । यी सबै भिटामिनहरूले छालालाई कोमल र चम्किलो राख्छन् । खरबुजा पानीले भरिपूर्ण हुन्छ, यसलाई फेस मास्कको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एक चम्चा दहीमा एक चम्चा खरबुजाको रस मिसाउनुहोस् । यसलाई अनुहारमा १० मिनेटसम्म लगाएर राख्नुहोस् र धुनुहोस् । यसले छाला चम्किलो हुन्छ ।

पाचन प्रणाली बलियो

यदि कसैलाई पाचनसँग सम्बन्धित समस्या छ, जस्तै क्रोहन छ भने तपाईं खरबुजा खान सक्नुहुन्छ । खरबुजा पेटमा सजिलै पच्छ । यसले गुड गट ब्याक्टेरिया पनि बढाउँछ, जसले खाना पचाउन मद्दत गर्छ । त्यसैले खरबुजा खाँदा पाचन प्रणाली बलियो हुन्छ ।

खरबुजासँग सम्बन्धित केही प्रश्नोत्तर

के दैनिक खरबुजा खानु राम्रो हो ?

-हो, गर्मीको समयमा तपाईं दैनिक खरबुजा खान सक्नुहुन्छ । यसले शरीरलाई हाइड्रेटेड राख्छ र आवश्यक पोषण पनि प्रदान गर्छ । तर, एकै पटकमा धेरै खरबुजा खानु हुँदैन ।

के मधुमेह भएका व्यक्तिहरूले खरबुजा खान सक्छन् ?

-सक्छन्, तर सीमित मात्रामा खानुपर्छ । खरबुजामा प्राकृतिक चिनी हुन्छ । खरबुजाको ग्लाइसेमिक लोड कम भए पनि, यसको ग्लाइसेमिक इन्डेक्स उच्च हुन्छ । त्यसैले यदि मधुमेह भएका व्यक्तिहरूले खरबुजा खाइरहेका छन् भने सीमित मात्रामा खानुपर्छ ।

के रातमा खरबुजा खानु उचित हो ?

-होइन, रातमा खरबुजा खानबाट बच्नुपर्छ । यसले पेटमा ग्यास बनाउन सक्छ र चिसोको कारणले रुघाखोकी लाग्न सक्छ ।

के खरबुजाले तौल बढाउँछ ?

-बढाउँदैन, खरबुजा कम क्यालोरी भएको खाद्य पदार्थ हो । यसमा पानी बढी हुन्छ, जसले तौल बढ्ने सम्भावना धेरै कम हुन्छ ।

खरबुजा खाने सबैभन्दा उचित समय के हो ?

-खरबुजा खाने सबैभन्दा उचित समय बिहान १० देखि १२ बजेको बिचमा हो, किनकि यस समयमा शरीरलाई हाइड्रेशनको आवश्यकता हुन्छ । यसलाई खाली पेटमा नखानुहोस्, बरु नास्ता पछि वा मिड–मर्निङ स्न्याक्सको रूपमा लिनुहोस् । यदि दिउँसो खाइरहनु भएको छ भने ३ देखि ५ बजेको बिचमा खानुहोस् । यसले शरीरलाई शीतलता प्रदान गर्छ र ऊर्जा कायम राख्छ ।

के झाडापखाला भएका बेला खरबुजा खान सकिन्छ ?

-झाडापखाला भएको बेला खरबुजा खानबाट बच्नुपर्छ । खरबुजामा ९१ प्रतिशत पानी हुन्छ, त्यसैले यसले हाइड्रेशनमा मद्दत गर्छ । जबकि यसको विपरीत खरबुजामा भएको प्राकृतिक चिनी र फाइबरले झाडापखालाको अवस्थालाई अझ गम्भीर बनाउन सक्छ । झाडापखालाको समयमा खरबुजा खाँदा पाचन प्रणाली कमजोर हुन सक्छ ।

कस्ता व्यक्तिहरूले खरबुजा खानु हुँदैन ?

  • सामान्यतया सबैले खरबुजा खान सक्छन्, तर केही अवस्थाहरूमा यसबाट बच्नुपर्छ ।
  • मधुमेह रोगीहरूले सीमित मात्रामा खानुपर्छ ।
  • अम्लीयताको समस्या छ भने सावधानी अपनाउनुपर्छ ।
  • मिर्गौला रोगीहरूले खरबुजा धेरै खानु हुँदैन ।
  • रुघाखोकी लागेको छ भने कम मात्रामा खानुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register