के हो मुस्कानभित्र लुकेको डिप्रेसन ?

काठमाडौं । स्माइल डिप्रेसन एउटा मानसिक अवस्था हो, जसमा व्यक्तिले आफ्नो भित्रको उदासीनता र तनाव लुकाउन बाहिरी संसारमा सधैँ मुस्कुराइरहन्छ । यस अवस्थामा मानिसले आफ्नो पीडा लुकाएर सबैको अगाडि खुसी देखिने प्रयास गर्छ, जबकि भित्रभित्रै ऊ डिप्रेसनसँग जुधिरहेको हुन्छ । यसको सामना गर्ने व्यक्तिहरूले प्रायः सामाजिक दबाब वा अरूलाई खुसी राख्न आफ्ना भावनाहरू लुकाउँछन् । […]

Dec 31, 2024 - 10:26
 0
के हो मुस्कानभित्र लुकेको डिप्रेसन ?

काठमाडौं । स्माइल डिप्रेसन एउटा मानसिक अवस्था हो, जसमा व्यक्तिले आफ्नो भित्रको उदासीनता र तनाव लुकाउन बाहिरी संसारमा सधैँ मुस्कुराइरहन्छ ।

यस अवस्थामा मानिसले आफ्नो पीडा लुकाएर सबैको अगाडि खुसी देखिने प्रयास गर्छ, जबकि भित्रभित्रै ऊ डिप्रेसनसँग जुधिरहेको हुन्छ । यसको सामना गर्ने व्यक्तिहरूले प्रायः सामाजिक दबाब वा अरूलाई खुसी राख्न आफ्ना भावनाहरू लुकाउँछन् ।

एक रिपोर्टकाअनुसार स्माइल डिप्रेसनका केही सामान्य लक्षणहरूमा धेरै सुत्ने, ऊर्जाको कमी र धेरै खाने जस्ता लक्षणहरू हुने गर्छन् ।

यसबाहेक व्यक्तिले आफ्नो अनुहारमा मुस्कान कायम राख्दा पनि एक्लोपन र निराश महसुस गर्छ । कतिपय अवस्थामा यी व्यक्तिहरू आफूलाई भइरहेको पीडाको बारेमा अरूलाई बताउन डराउँछन्, जसले गर्दा समस्या अझै बढ्छ ।

स्माइल डिप्रेसनले मानसिक स्वास्थ्यलाई मात्र होइन, शारीरिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्छ । यसले सम्बन्धहरूलाई प्रभावित गर्न सक्छ र पेसागत जीवनमा पनि समस्याहरू सिर्जना गर्न सक्छ ।

निरन्तर भावनाहरू लुकाउँदा व्यक्तिले थकान र तनाव अनुभव गर्छ । यो अवस्था कहिलेकाहीँ आत्महत्या जस्ता खतरनाक विचारहरूसम्म पुर्‍याउन सक्छ ।

स्माइल डिप्रेसनको उपचार सही समयमा गर्न सकिन्छ । यसको लागि व्यक्तिले आफ्ना भावनाहरू साझा गर्नु र मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनु आवश्यक छ ।

नियमित व्यायाम, सन्तुलित आहार र ध्यान जस्ता उपायहरू पनि सहयोगी हुन सक्छ । परिवार र साथीहरूको सहयोगले पनि यस अवस्थाबाट उम्कन महत्त्वपूर्ण भूमिका खेल्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register