लोकसेवा परीक्षामा ६ पटकभन्दा बढी लड्न नपाउने प्रस्ताव हटाउन माग

काठमाडौं । लोकसेवा परीक्षामा ६ पटकभन्दा बढी लड्न नपाउने प्रस्ताव हटाउन संसदमा माग भएको छ । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले यो प्रस्ता हटाउन माग गरेका हुन् । सरकारले रोजगारी पनि सिर्जना नगर्ने अनि लोकसेवा लड्न पनि युवाहरूलाई बञ्चित गर्ने काम गलत भएको उनले बताए । ‘लोकसेवा परीक्षा ६ पटक भन्दा बढी […]

Mar 17, 2025 - 06:14
 0
लोकसेवा परीक्षामा ६ पटकभन्दा बढी लड्न नपाउने प्रस्ताव हटाउन माग

काठमाडौं । लोकसेवा परीक्षामा ६ पटकभन्दा बढी लड्न नपाउने प्रस्ताव हटाउन संसदमा माग भएको छ । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले यो प्रस्ता हटाउन माग गरेका हुन् । सरकारले रोजगारी पनि सिर्जना नगर्ने अनि लोकसेवा लड्न पनि युवाहरूलाई बञ्चित गर्ने काम गलत भएको उनले बताए ।

‘लोकसेवा परीक्षा ६ पटक भन्दा बढी लड्न नपाउने भनेर सिन्डिकेट कायम गर्ने प्रस्ताव घातक छ । उमेर भएसम्म युवाहरूले परीक्षा दिन पाउनुपर्छ,’ उनले भने ।

यो नीति युवाहरूलाई विदेश धेकेल्न बाध्य पार्ने किसिमको भन्दै उनले तत्काल प्रस्ताव फिर्ता गर्न माग गरेका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ६ पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ ।

समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म मात्रै परीक्षा दिन पाउने प्रावधान राख्ने गरी तयारी गर्न कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई आइतबार जिम्मेवारी दिएको छ ।

यसअघि समितिको पुस १९ गतेको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पाँच पटक फेल भएको व्यक्तिलाई परीक्षामा सहभागी गराइरहन आवश्यक नभएको बताएका थिए । त्यस्तालाई गाउँमा बाँझो खेतबारी भएकाले त्यहाँ जान राज्यले उत्प्रेरित गर्नुपर्ने उनले बताएका थिए । उनको उक्त भनाइको चर्को आलोचना भएको थियो ।

राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय अभ्यास र कानुनलाई समेत मध्येनजर गर्दै एक व्यक्तिले अधिकतम परीक्षा दिन पाउन अवधि तोकिन लागेको बताएको छ ।

एकीकृ समाजवादीका सांसद ज्वालाले उमेर हदबाहेक अन्य अवधि राख्न जरूरी नरहेको बताएका छन् । उनले राजनीतिक नियुक्ति, मन्त्री, प्रधानमन्त्री राष्ट्रपति र सांसद कतिपटक हुन पाउने अवधि तोक्न माग गरे । ‘पटक-पटक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद हुने कुरा हटाऔँ,’ उनले भने ।

यस्तै, उनले अवकाश लगत्तैका नियुक्तिमा अङ्कुश लगाउन माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register