केरासँग भुलेर पनि नखानुस् यी चिज, हुन सक्छ हानी

हामीहरू प्रायः त्यतिकै, खाना वा नास्तामा पनि केरा खाइरहेका हुन्छौँ । केरामा प्रशस्त मात्रामा पोटासियम, फाइबर, प्रोटोन, हेल्दी फ्याट र मिनरल्स पाइन्छ । केरा खाँदा सम्पूर्ण शरीरको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । त्यसैले पनि धेरैले यसलाई दैनिक आहारको हिस्सा बनाउँछन् । केरालाई प्रायः विभिन्न चीजहरूसँग मिसाएर खाइन्छ । तर, केही यस्ता खानेकुरा पनि छन् जससँग [...] The post केरासँग भुलेर पनि नखानुस् यी चिज, हुन सक्छ हानी appeared first on Jhapa Online.

Mar 17, 2025 - 11:57
 0
केरासँग भुलेर पनि नखानुस् यी चिज, हुन सक्छ हानी


हामीहरू प्रायः त्यतिकै, खाना वा नास्तामा पनि केरा खाइरहेका हुन्छौँ । केरामा प्रशस्त मात्रामा पोटासियम, फाइबर, प्रोटोन, हेल्दी फ्याट र मिनरल्स पाइन्छ ।

केरा खाँदा सम्पूर्ण शरीरको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । त्यसैले पनि धेरैले यसलाई दैनिक आहारको हिस्सा बनाउँछन् । केरालाई प्रायः विभिन्न चीजहरूसँग मिसाएर खाइन्छ । तर, केही यस्ता खानेकुरा पनि छन् जससँग केरा खाँदा शरीरलाई फाइदाभन्दा पनि हानी गर्छ । आजको यस लेखमा हामीहरू केरासँग खान नहुने केही खानेकुराबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार रहेका छन्स्

केरा र कागती

कागतीको साथ केरा खानु हुँदैन । कागती सिट्रस फल हो जसमा अम्लीय तत्त्व पाइन्छ । यसलाई केरासँगै खाँदा स्वास्थ्य बिग्रन्छ । केरासँग कागती खाँदा वाकवाकी लाग्ने, बान्ता हुने र टाउको दुख्ने समस्या हुन्छ ।

केरा र अण्डा

केरासँग प्रोटिनयुक्त खानेकुरा खानबाट सकेसम्म बच्नु पर्छ । अण्डामा प्रचुर मात्रामा प्रोटिन पाइन्छ, त्यसैले यसलाई केरासँग खाइँदैन । केरा र अण्डा सँगसँगै खाँदा पाचन प्रक्रिया सुस्त हुन्छ । यसले पेटमा ग्यास बन्ने सम्भावना बढाउँछ ।

केरा र दूधजन्य उत्पादन

केरा र दूध वा दूधजन्य पदार्थमा उच्च मात्रामा पोषक तत्त्व हुन्छ । यसले शरीरलाई प्रोटिन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र भिटामिन प्रदान गर्छ । दुवै चीज एकसाथ खाँदा पाचन प्रणालीलाई पचाउन समस्या हुन्छ । यी दुई चिज एकै पटक खाँदा धेरैलाई पेट फुल्ने र असहज महसुस हनु थाल्छ ।

केरा र प्रशोधित कार्बोहाइड्रेट

चिनी राखेर बनाइएको स्न्याक्स वा बेकरी आइटम जस्ता प्रशोधित कार्बोहाइड्रेटहरु केरासँग खानु हुँदैन । यी दुई सँगै खाएमा रगतमा चिनीको मात्रा अचानक कम हुन सक्छ । जसका कारण मानिसमा कमजोरी महसुस हुनुका साथै बारम्बार भोक लाग्ने समस्या देखिन सक्छ । त्यसैले यी दुईलाई एकै पटक खानबाट बच्नुपर्छ ।

केरा र गुलिया चिज

केरामा पहिलेदेखि नै भरपूर मात्रामा प्राकृतिक मिठास हुन्छ । यस्तो अवस्थामा केरालाई अन्य कुनै मीठो चिजसँग खाएमा तौल बढ्ने, मधुमेहको सम्भावना बढ्नुका साथै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको जोखिम बढ्छ ।

केरा र एभोकाडो

एभोकाडो पनि ती खानेकुराहरूमा पर्छ, जसलाई केरासँग खानबाट सकेसम्म बच्नु पर्छ । यी दुवै खानेकुरामा पोटासियम प्रशस्त हुन्छ । यस्तो अवस्थामा दुवै चीज एकसाथ खाँदा शरीरमा पोटासियमको मात्रा बढ्न सक्छ । यसले हाइपरकेलेमिया गराउन सक्छ ।एजेन्सी

The post केरासँग भुलेर पनि नखानुस् यी चिज, हुन सक्छ हानी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register