पुटिनसँग मङ्गलबार वार्ता गर्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको मुद्दामा मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् । ट्रम्पले भनेका छन्, “मलाई लाग्छ हामी भूमिको मुद्दाको बारेमा कुरा गर्नेछौं, किनकि युद्ध सुरु भएदेखि त्यहाँ ठूलो परिवर्तन भएको छ । हामी पावर प्लान्टहरूको बारेमा कुरा गर्नेछौं, जुन एउटा ठूलो प्रश्न हो ।” अमेरिकी राष्ट्रपतिका अनुसार युक्रेन […]

Mar 17, 2025 - 12:05
 0
पुटिनसँग मङ्गलबार वार्ता गर्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको मुद्दामा मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् ।

ट्रम्पले भनेका छन्, “मलाई लाग्छ हामी भूमिको मुद्दाको बारेमा कुरा गर्नेछौं, किनकि युद्ध सुरु भएदेखि त्यहाँ ठूलो परिवर्तन भएको छ । हामी पावर प्लान्टहरूको बारेमा कुरा गर्नेछौं, जुन एउटा ठूलो प्रश्न हो ।”

अमेरिकी राष्ट्रपतिका अनुसार युक्रेन र रुसबीच धेरै मुद्दामा धेरै छलफल भएको उनको बुझाइ छ ।

ट्रम्पले भने, “हामी यो कुराकानी पछि हेर्नेछौं कि घोषणा गर्न केही छ कि छैन ।”

ट्रम्पको यो बयान साउदी अरेबियामा अमेरिका र युक्रेनका प्रतिनिधिहरूबीच भएको वार्तापछि आएको हो । साउदी अरेबियामा भएको बैठकपछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको लागि अमेरिकी प्रस्तावमा सहमति जनाएको छ ।

यो रुस र अमेरिका बीचको युद्ध अन्त्य गर्ने दिशामा पहिलो कदम हुनेछ ।

अमेरिकाले केही समयदेखि रुस र युक्रेनबीच युद्धविराम गराउने प्रयास गरिरहेको छ र यसका लागि रुसलाई मनाउने प्रयास जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register