झापाको कृष्णे खोलामा १२ वर्षीय बालकको शव फेला

झापा, १० असार । झापा जिल्लाको कमल गाउँपालिका–१ स्थित कृष्णे खोलाको किनारमा एक बालकको शव फेला परेको छ । आज बिहान करिब ७ः३० बजे अन्दाजी १२ वर्षीय बालकको पहिचान नभएको, शरीरमा कपडा नभएको अवस्थामा शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि मृतकको पहिचान सोही स्थानका स्थानीय मिङमा रेन्जे [...] The post झापाको कृष्णे खोलामा १२ वर्षीय बालकको शव फेला appeared first on Jhapa Online.

Jun 24, 2025 - 06:41
 0
झापाको कृष्णे खोलामा १२ वर्षीय बालकको शव फेला

झापा, १० असार । झापा जिल्लाको कमल गाउँपालिका–१ स्थित कृष्णे खोलाको किनारमा एक बालकको शव फेला परेको छ ।

आज बिहान करिब ७ः३० बजे अन्दाजी १२ वर्षीय बालकको पहिचान नभएको, शरीरमा कपडा नभएको अवस्थामा शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानपछि मृतकको पहिचान सोही स्थानका स्थानीय मिङमा रेन्जे शेर्पाका छोरा सुसान शेर्पाको रूपमा गरिएको छ । मृतक सुसान शेर्पा असार ८ गते दिउँसो ३ः०० बजेतिर कसैलाई जानकारी नदिई घरबाट निस्केका थिए ।

परिवार र आफन्तजनले खोजी गर्दा पनि पत्ता नलागेपछि उनका बुबाले असार ९ गते तोपगाछी प्रहरी चौकीमा हुलिया निवेदन दर्ता गराएका थिए । हाल घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

The post झापाको कृष्णे खोलामा १२ वर्षीय बालकको शव फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register