गौतम बुद्ध विमानस्थलबाट गाजासहित भारतीय महिला पक्राउ
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध नियन्त्रण ब्यूरोले ७ किलो ५०० ग्राम गाजासहित एक भारतीय महिलालाई पक्राउ गरेको छ। थाई एयर एसियाको विमानबाट थाइल्याण्डको बैङ्ककबाट आएकी मुम्बई, महाराष्ट्र निवासी ४५ वर्षीया बैग गुलनाजलाई विमानस्थलको आगमनतर्फको गेट अगाडि शङ्कास्पद अवस्थामा फेला पारेपछि पक्राउ गरिएको हो। उनको साथमा रहेको हरियो रङको लगेज (ब्यागेज) खोल्दा लागूऔषध गाजा […]

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध नियन्त्रण ब्यूरोले ७ किलो ५०० ग्राम गाजासहित एक भारतीय महिलालाई पक्राउ गरेको छ।
थाई एयर एसियाको विमानबाट थाइल्याण्डको बैङ्ककबाट आएकी मुम्बई, महाराष्ट्र निवासी ४५ वर्षीया बैग गुलनाजलाई विमानस्थलको आगमनतर्फको गेट अगाडि शङ्कास्पद अवस्थामा फेला पारेपछि पक्राउ गरिएको हो। उनको साथमा रहेको हरियो रङको लगेज (ब्यागेज) खोल्दा लागूऔषध गाजा फेला परेको थियो।
पक्राउ परेकी महिलालाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयका एअरपोर्ट प्रमुख सई विचित्र मगरले जानकारी दिए ।
What's Your Reaction?






