केआईआईटी प्रकरण: ओडिशाका मुख्यमन्त्री माझीले दिए न्यायको आश्वासन

काठमाडौं । ‌ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले केआईआईटी विश्वविद्यालयमा भएको दुःखद घटनामा न्याय प्रदान गर्ने आश्वासन दिएका छन् । मुख्यमन्त्री माझीले मृतक विद्यार्थी प्रकृतिको परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेको नेपालस्थित भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ । नेपाली काउन्सिलरद्वय संजीव दास शर्मा र नवीन राज अधिकारीसँग घटनाको बारेमा जानकारी लिएपछि उनले यस्तो […]

Feb 19, 2025 - 13:58
 0
केआईआईटी प्रकरण: ओडिशाका मुख्यमन्त्री माझीले दिए न्यायको आश्वासन

काठमाडौं । ‌ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले केआईआईटी विश्वविद्यालयमा भएको दुःखद घटनामा न्याय प्रदान गर्ने आश्वासन दिएका छन् ।

मुख्यमन्त्री माझीले मृतक विद्यार्थी प्रकृतिको परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेको नेपालस्थित भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।

नेपाली काउन्सिलरद्वय संजीव दास शर्मा र नवीन राज अधिकारीसँग घटनाको बारेमा जानकारी लिएपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेको दूतावासले जनाएको छ । दुतावासका अनुसार कुराकानीका क्रममा उनले क्याम्पसमा शान्ति र सामान्य अवस्था पुनर्स्थापित गर्ने आश्वासन पनि दिएका छन्। मुख्यमन्त्री माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाईलाई निरन्तरता दिन आग्रह गरेको बताइएको छ ।

उनले घटनाका बारेमा छानबिन भइरहेको र दोषीलाई कडा कारबाही गरिने बताए । मुख्यमन्त्री माझीले विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई सरकारले उच्च प्राथमिकता दिएको पनि बताए ।

लम्सालको निधनले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई स्तब्ध बनाएको छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग समेत गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register