मलाई चुनाव प्रचारप्रसारमा रोक लगाइयो : सागर ढकाल

काठमाण्डाै - आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाएको बताउनु भएको छ ।

Nov 8, 2022 - 02:58
 0
मलाई चुनाव प्रचारप्रसारमा रोक लगाइयो : सागर ढकाल

सामाजिक सञ्जालमार्फत उहाँले  विभिन्न ठाउँमा प्रहरी, प्रशासनले आफूलाई रोक्ने गरेको आरोप लगाउनु भएको हो ।

उहाँले लेख्नु भएको छ : ‘मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचारप्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लङ्घन गर्दा आँखा बन्द गरेको प्रशासन मलाई हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिइएको छैन । मलाई रोकेको छ ।’

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भने चुनावी प्रचार गर्न कसैलाई नरोकिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालले हिजो बेलुका विज्ञप्ति निकालेर आचारसंहिता पालना गरेर गरिने प्रचार कार्यमा अवरोध नहुने बताउनु भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register