इजरायलद्वारा हमास सरकारका प्रमुखको हत्या, मारिनेको संख्या ४१३ नाघ्यो

तेल अहिव ।  इजरायलले गाजामा हमास सरकारका प्रमुख इसम दिब अब्दुल्लाह अल दलिसको हत्या गरेको छ । इजरायलको रक्षा बलले अब्दुल्लाको मृत्यु भएको पुष्टि गरेको हो । अब्दुल्ला, जुलाई २०२४ मा रुही मुश्ताहाको मृत्यु पछि सो पदमा आएका थिए। अब्दुल्लाले गाजामा हमासको सरकार चलाएका थिए। उसले हमासको संगठन र आतंकवादी गतिविधिको जिम्मेवारी पनि लियो। पछिल्लो […]

Mar 19, 2025 - 11:16
 0
इजरायलद्वारा हमास सरकारका प्रमुखको हत्या, मारिनेको संख्या ४१३ नाघ्यो

तेल अहिव ।

 इजरायलले गाजामा हमास सरकारका प्रमुख इसम दिब अब्दुल्लाह अल दलिसको हत्या गरेको छ । इजरायलको रक्षा बलले अब्दुल्लाको मृत्यु भएको पुष्टि गरेको हो । अब्दुल्ला, जुलाई २०२४ मा रुही मुश्ताहाको मृत्यु पछि सो पदमा आएका थिए।

अब्दुल्लाले गाजामा हमासको सरकार चलाएका थिए। उसले हमासको संगठन र आतंकवादी गतिविधिको जिम्मेवारी पनि लियो। पछिल्लो २४ घण्टामा इजरायलले हवाई हमलामा हमासका ३ प्रमुख आतंककारीलाई पनि मारेको जनाइएको छ ।

 जसमा हमासका कमाण्डर तथा राजनीतिक नेता महमूद मारजुक अहमद अबु वत्फा, बहजत हसन मोहम्मद अबु सल्तान र अहमद ओमर अब्दुल्लाह अल हता रहेका छन ।

 इजरायलले हमाससँग जनवरी १९ बाट सुरु भएको युद्धविराम अन्त्य गरेको छ । मंगलबार साँझ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि युद्ध पुनः सुरु गर्ने विषयमा बयान दिएका थिए । नेतान्याहुले भने, ‘इजरायल लड्नेछ र जित्नेछ। हामी हाम्रा मानिसहरूलाई घर फर्काउनेछौं। हमासलाई समाप्त नगरेसम्म हामी पछि हट्ने वा आराम गर्ने छैनौं।’

इजरायलले मङ्गलबार बिहान गाजामा फेरि हवाई आक्रमण सुरु गरेको थियो । अहिलेसम्म इजरायली आक्रमणमा परी ४१३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । यस हमलासँगै गाजा र इजरायलबीच जनवरी १९ मा भएको दुई महिना पुरानो युद्धविराम तोडिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register