बेलायतमा माया टी १० क्रिकेट प्रतियोगिता आइतबार, ट्रफी ‘रिभिल’

लन्डन । माया इभेन्ट्सले आउंदो आइतबार हुने ‘माया टी १० क्रिकेट प्रतियोगिता’ तयारी पूरा भएको जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डेले वेकम्ब हाउस क्रिकेट क्लव मैदानमा प्रतियोगिता गर्न लागिएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा वीनर टिमलाई प्रदान गरिने कलात्मक ट्रफी समेत ‘रिभिल’ गरिएको छ । उक्त ट्रफी […]

Jul 30, 2025 - 21:12
 0
बेलायतमा माया टी १० क्रिकेट प्रतियोगिता आइतबार, ट्रफी ‘रिभिल’

लन्डन । माया इभेन्ट्सले आउंदो आइतबार हुने ‘माया टी १० क्रिकेट प्रतियोगिता’ तयारी पूरा भएको जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डेले वेकम्ब हाउस क्रिकेट क्लव मैदानमा प्रतियोगिता गर्न लागिएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा वीनर टिमलाई प्रदान गरिने कलात्मक ट्रफी समेत ‘रिभिल’ गरिएको छ । उक्त ट्रफी नेपालका व्यवसायिक कालिगढले चार महिना लगाएर कुंदेका हुन् भने यसको मूल्य एकलाख १४ हजार रुपैयां लागेको छ ।

प्रतियोगितामा हिमालयन क्रिकेट क्लव, गोर्खा क्रिकेट क्लव, साथी क्रिकेट क्लव, माया क्रिकेट क्लव, एभरेष्ट क्रिकेट क्लव र उल्भरहयाम्पटन वारियर्ज गरि ६ टिमले प्रतिष्पर्धा गर्ने पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा वीनर टिमले ट्रफीसहित २१५० पाउण्ड बराबरको क्यास लेस पुरस्कार दिइने उनले बताए ।

त्यसैगरि, म्यान अफ द टुर्नामेन्टलाई ल्यापटप, वेष्ट ब्याट्सम्यानलाई आइप्याड, वेष्ट बलरलाई मेटाको रेबन चस्मा र वेष्ट प्लेयरलाई इयरपड दिइने छ ।

उक्त दिन क्रिकेट खेलबाहेक खाना महोत्सव र बालबालिकाका लागि बाउन्सी क्यासलसहित अन्य विभिन्न खेल उपलब्ध हुने आयोजकको भनाइ छ ।

आयोजक राज पाण्डेले स्थानीय युवाहरुको खेल प्रतिभा उजागर र प्रोत्साहन, क्रिकेट विकास, आपसी सम्बन्ध प्रगाढ आदि बनाउने उद्देश्यले प्रतियोगिता गरिएको प्रष्टयाए ।

पत्रकार सम्मेलनमा ६ टिमकै क्याप्टेनहरुले आफ्नो तयारीबारे बताउंदै उपाधि जित्न उत्सुक भएको बताए । उनीहरुले बेलायत जस्तो ठाउंमा समेत आफूहरुलाई अवसर प्रदान गरेकामा पाण्डेप्रति आभार व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register