उद्योगमा मात्रै होइन अबदेखि सर्वसाधरणको घरमा समेत लोडसेडिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले उद्योगमा मात्रै नभएर घरायसी ग्राहकले पनि लोडसेडिङ् भोग्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको बेठकमा बोल्दै उनले सर्वसधारणले पनि लोडसेडिङ् व्यहोर्नुपर्ने बताएका हुन् । विद्युतको माग अनुसार आपूर्ती  हुन नसकेपछि लोडसेडिङ् हुने उनको भनाइ छ । साँझको समयमा सर्वसाधरणले लोडसेडिङ् व्यहोर्नुपर्ने उनले बताए । ”सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् […]

Mar 19, 2025 - 11:35
 0
उद्योगमा मात्रै होइन अबदेखि सर्वसाधरणको घरमा समेत लोडसेडिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले उद्योगमा मात्रै नभएर घरायसी ग्राहकले पनि लोडसेडिङ् भोग्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको बेठकमा बोल्दै उनले सर्वसधारणले पनि लोडसेडिङ् व्यहोर्नुपर्ने बताएका हुन् । विद्युतको माग अनुसार आपूर्ती  हुन नसकेपछि लोडसेडिङ् हुने उनको भनाइ छ ।

साँझको समयमा सर्वसाधरणले लोडसेडिङ् व्यहोर्नुपर्ने उनले बताए । ”सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन,’ उनले भने,’ हिजो पनि लोडसेडिङ थियो, आज पनि छ उनले भने, ‘हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

नेपालको लोडसेडिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा पनि भारत र निजी क्षेत्रको भूमिका रहेको मन्त्री खड्काले दोहोर्‍याएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register