कालिन्चोकको टापुमा फेसन रनवे

दोलखा। धार्मिक एवम् प्राकृतिक महत्वको कालिन्चोकको टापुमा हाई अल्टिच्युट एन प्लस कालिन्चोक फेसन रनवे– २०८१ (सिजन– २) सम्पन्न भएको छ ।  ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले आयोजना गरेको एन प्लस कालिन्चोक फेसन रनवे– २०८१ को मुख्य स्टपरको रुपमा बरिष्ठ अभिनेत्री करिश्मा मानन्धर रहनु भएको प्रोप्राइटर राजन बुढाथोकीले बताए ।  तीन हजार आठ सय ४२ मिटरको उँचाइमा […]

Mar 19, 2025 - 11:34
 0
कालिन्चोकको टापुमा फेसन रनवे

दोलखा।

धार्मिक एवम् प्राकृतिक महत्वको कालिन्चोकको टापुमा हाई अल्टिच्युट एन प्लस कालिन्चोक फेसन रनवे– २०८१ (सिजन– २) सम्पन्न भएको छ । 

ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले आयोजना गरेको एन प्लस कालिन्चोक फेसन रनवे– २०८१ को मुख्य स्टपरको रुपमा बरिष्ठ अभिनेत्री करिश्मा मानन्धर रहनु भएको प्रोप्राइटर राजन बुढाथोकीले बताए । 

तीन हजार आठ सय ४२ मिटरको उँचाइमा रहेको कालिन्चोक टाँकुरामा आयोजना भएको यो कार्यक्रम नेपालमै पहिलो रहेको प्रोप्राइटर बुढाथोकीको भनाई छ। 

प्रसिद्ध कालिन्चोक भगवती मन्दिर र कालिन्चोकबाट देखिने हिमश्रृङ्खलाहरुको थप पर्यटकी प्रमोशनको लागि कार्यक्रम आयोजना गरिएको बुढाथोकी बताउँछन् । एन प्लस कालिन्चोक फेसन रनवे– २०८१ मा ३० जना मोडलहरुले सहभागिता जनाएको आयोजक ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले जनाएको छ। 

कार्यक्रममा बरिष्ठ अभिनेतृ करिश्मा मानन्धरसंगै मिस ग्राण्ड पेमा लामगाडे, फरक क्षमता भएका कलाकार सुजल बम, म्यानहन्ट इन्टरनेश्नल– २०१२ सनिस शाक्य लगायतको सहभागिता रहेको थियो । 

ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले सन् २०१८ मा जिल्लामै पहिलो पटक मिस दोलखाको समेत आयोजना गरेको थियो ।   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register