बैतडीमा गिरिजाप्रसादको सम्झना

बैतडी । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दिवंगत भएको १५औँ वर्षको अवसरमा बिहीबमर बैतडीमा विविध कार्यक्रम गरी स्मरण गरिएको छ । नेपाली काङ्ग्रेस बैतडीको पार्टी कार्यालय गोठलापानीमा एक कार्यक्रम आयोजना गरी स्मरण गरिएको काङ्ग्रेस बैतडीका क्षेत्रीय सभापति शिवराज भट्टले जानकारी दिए । स्वर्गीय कोइरालाको तस्वीरमा माल्यार्पण, श्रद्धाञ्जली अर्पण र उनको योगदानबारे अन्तरक्रिया गरी सम्झना गरिएको हो । […]

Mar 21, 2025 - 00:21
 0
बैतडीमा गिरिजाप्रसादको सम्झना

बैतडी । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दिवंगत भएको १५औँ वर्षको अवसरमा बिहीबमर बैतडीमा विविध कार्यक्रम गरी स्मरण गरिएको छ ।

नेपाली काङ्ग्रेस बैतडीको पार्टी कार्यालय गोठलापानीमा एक कार्यक्रम आयोजना गरी स्मरण गरिएको काङ्ग्रेस बैतडीका क्षेत्रीय सभापति शिवराज भट्टले जानकारी दिए । स्वर्गीय कोइरालाको तस्वीरमा माल्यार्पण, श्रद्धाञ्जली अर्पण र उनको योगदानबारे अन्तरक्रिया गरी सम्झना गरिएको हो ।

उक्त कार्यक्रममा काङ्ग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पूर्वपार्टी सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्र चन्दलगायत काङ्ग्रेसका अन्य नेता, जनप्रतिनिधि, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपालमा शान्ति स्थापनाका लागि योगदान पुर्याएका कोइराला चार पटक प्रधानमन्त्री बनेका थिए । विसं २०६६ चैत ७ गते उनको निधन भएको थियो । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register