कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा बाबर शीर्ष स्थानमा

काठमाडौं । पाकिस्तानका पुर्व कप्तान बाबर आजम कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा उक्लिएका छन् । शुक्रवार न्युजिल्याण्डविरूद्धको त्रिकोणात्मक सिरिजको फाइनल खेलमा बाबरले आफ्नो ६ हजार रन पूरा गरेका हुन् । उनले १ सय २३ इनिङमा ६ हजार रन पूरा गरे । ३० वर्षिय बाबरले ५५.७३ औसतमा ६ हजार रन […]

Feb 15, 2025 - 05:24
 0
कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा बाबर शीर्ष स्थानमा

काठमाडौं । पाकिस्तानका पुर्व कप्तान बाबर आजम कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा उक्लिएका छन् ।

शुक्रवार न्युजिल्याण्डविरूद्धको त्रिकोणात्मक सिरिजको फाइनल खेलमा बाबरले आफ्नो ६ हजार रन पूरा गरेका हुन् । उनले १ सय २३ इनिङमा ६ हजार रन पूरा गरे ।

३० वर्षिय बाबरले ५५.७३ औसतमा ६ हजार रन पूरा गरेका हुन् । बाबर ६ हजार रन पूरा गर्दा सर्वाधिक औसतमा रन बनाउँने खेलाडी हुन् । यसअघि अस्ट्रेलियाका माइकल बेभेनले ५४।७० को औसतमा ६ हजार रन पूरा गरेका थिए ।

बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने दक्षिण अफ्रिकाका हसिम अम्लाको कीर्तिमान बराबरी गरेका हुन् । अम्लाले पनि १ सय २३ इनिङमा नै ६ हजार रन पूरा गरेका थिए ।

भारतका पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै बाबर शीर्ष स्थानमा उक्लिएका हुन् ।

विराटले १ सय ३६ इनिङमा ६ हजार रन पूरा गरेका थिए । विराटले हाल २ सय ८५ इनिङमा १३ हजार ९ सय ६३ रन बनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register