निटफेस्टमा भारतीय नाटक ‘एबोरिजिनल क्राइ’ (तस्वीरहरू)
काठमाडौं । मण्डला थिएटरमा जारी तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो दिन आज (शुक्रबार) भारतीय नाटक आदिवासीको रोदन ‘एबोरिजिनल क्राइ’ मञ्चन भएको छ । कर्पोरेट शक्तिहरूले आदिवासी र उनीहरूका पुर्खाले हस्तान्तरण गरेको भूमिबीचको सामञ्जस्यपूर्ण सम्बन्धलाई कसरी बाधा पुर्याउँछ भन्ने कथा बोकेको ‘एबोरिजिनल क्राइ’ अपराह्न ४:३० बजे पनि मण्डला स्टुडियोमा मञ्चन हुँदैछ । नाटकले भारतको मणिपुरस्थित […]

काठमाडौं । मण्डला थिएटरमा जारी तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो दिन आज (शुक्रबार) भारतीय नाटक आदिवासीको रोदन ‘एबोरिजिनल क्राइ’ मञ्चन भएको छ ।
कर्पोरेट शक्तिहरूले आदिवासी र उनीहरूका पुर्खाले हस्तान्तरण गरेको भूमिबीचको सामञ्जस्यपूर्ण सम्बन्धलाई कसरी बाधा पुर्याउँछ भन्ने कथा बोकेको ‘एबोरिजिनल क्राइ’ अपराह्न ४:३० बजे पनि मण्डला स्टुडियोमा मञ्चन हुँदैछ ।
नाटकले भारतको मणिपुरस्थित हिंसा प्रभावित क्षेत्रहरूमा विस्थापित मानिस र समुदायहरूको कठिनाइलाई चित्रण गरेको छ ।
नाटकले भारतको मणिपुरमा ६ वटा बाँधबाट प्रभावित, विस्थापित मानिसहरू र समुदायहरूको कठिनाइलाई चित्रण गर्ने प्रयास गरेको छ ।अखोकाको प्रस्तुति रहेको नाटकलाई भिक्टर थाउडमले लेखन एवं निर्देशन गरेका छन् ।
नाटकमा कलाकारहरू आरके बितेश, उरेल लाक्पा साइखोम, क्षेत्रीय मायुम सुचित्रा, लुसिगम राजप्रीतम र पाखी अमकचमको अभिनय रहेको छ ।
हेरौँ, तस्वीर –
What's Your Reaction?






