असिनापानीले रौतहटका किसानको बाली नालीमा क्षति

रौतहट । रौतहटको उत्तरी भेगमा शुक्रबार मध्यराति आएको भीषण हावाहुरी सहितको असिना पानीका कारण किसानहरु लगाएको बाली नष्ट भएको छ । कृषकहरुले लगाएको मकै तथा गहुँबाली असिना पानीले क्षति पुरयाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार क्षतिको बिबरण आईनसकेको जनाएको छ । चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडाका किसानहरुको बालीनाली क्षति पुगेपछि […]

Mar 22, 2025 - 07:45
 0
असिनापानीले रौतहटका किसानको बाली नालीमा क्षति

रौतहट ।

रौतहटको उत्तरी भेगमा शुक्रबार मध्यराति आएको भीषण हावाहुरी सहितको असिना पानीका कारण किसानहरु लगाएको बाली नष्ट भएको छ । कृषकहरुले लगाएको मकै तथा गहुँबाली असिना पानीले क्षति पुरयाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार क्षतिको बिबरण आईनसकेको जनाएको छ ।

चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडाका किसानहरुको बालीनाली क्षति पुगेपछि उनीहरु चिन्तामा परेका छन । वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै पूर्ण रुपमा नष्ट भएको छ ।

त्यस्तै, चन्द्रपुर–१० का किसान अवधलाल राउतले आफ्नो करेसाबारी तथा खेतमा लगाएको काक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघामा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ । वृन्दावन–१ बलेरीका बलेरी क्षेत्रका किसानहरुको करिब ५ सय विघामा लगाएको मकैबाली असिना पानीले नष्ट पारेको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले बताए । उब्जनी हुने बेलामा आएको हावाहुरी र असिनापानीले बालीमा क्षति पुगेपछि किसानहरु आर्थीक संकटमा परेका छन् । प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले किसानहरुमा परेको मर्कामा सरकारको ध्यान जानु पर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register