बालबालिकालाई श्रम गराए कारबाही गर्ने महानगरको चेतावनी

Jun 6, 2023 - 01:13
 0
बालबालिकालाई श्रम गराए कारबाही गर्ने महानगरको चेतावनी
बालबालिकालाई श्रम गराए कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले बालबालिकालाई श्रम नगराउन आग्रह गरेको छ । कानुनले १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने जनाएको छ ।

१८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरेकाले कानुनको पालना गर्न महानगरले आग्रह गरेको हो । 

कानुनको उल्लङ्घन गर्दै बालबालिकालाई श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागलाई गराउन महानगरले भनेको छ ।  

कानुन विपरीत रहने गरी कसैले होटेल, ग्यारेज, सवारीसाधन कारखाना आदिमा बालश्रम गराएको पाइएमा महानगरले कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1