ललितपुरको जर्सी १ लाख १५ हजार रुपैयाँमा विक्री
काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलका लागि ललितपुर फुटबल क्लबको पहिलो औपचारिक जर्सी १ लाख १५ हजार रुपैयाँमा विक्री भएको छ । सो जर्सीलाई बोलकबोलमा उच्च बोली लगाएर सरोज कार्कीले खरिद गरेको शनिबार ललितपुरले जानकारी गराएको हो । पहिलो जर्सी खरिद गरेका कार्कीलाई ललितपुरले आफ्नो प्रिमियर मेम्बरशिप कार्ड प्रदान गर्ने र अन्य थुप्रै सुविधा पनि […]

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलका लागि ललितपुर फुटबल क्लबको पहिलो औपचारिक जर्सी १ लाख १५ हजार रुपैयाँमा विक्री भएको छ ।
सो जर्सीलाई बोलकबोलमा उच्च बोली लगाएर सरोज कार्कीले खरिद गरेको शनिबार ललितपुरले जानकारी गराएको हो ।
पहिलो जर्सी खरिद गरेका कार्कीलाई ललितपुरले आफ्नो प्रिमियर मेम्बरशिप कार्ड प्रदान गर्ने र अन्य थुप्रै सुविधा पनि प्रदान गर्ने क्लबले जानकारी गराएको छ ।
साथै उनलाई रियो फर्डिनान्डको हस्ताक्षर गरिएको फ्रेम्ड–जर्सी पनि प्रदान गरिएको छ ।
चैत्र १६ गते सुरु हुने एनएसएलको उद्घाटन खेलमा ललितपुर र काठमाण्डौं रेजर्स एफसी आमने सामने हुनेछन् ।
What's Your Reaction?






