ऊँ दशनामी समाजले मनायो धनुषकोटीमा प्रथम स्थापना दिवस

सुरुङ्गा, ९ चैत । झापाको अर्जुनधारा नगरपालिका–५ मा रहेको ऊँ दशनामी समाजको स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । अर्जुनधारा–५, कनकाई–८ र बिर्तामोड–२ मा रहेका दशनामी बन्धुहरुको साझा संस्थाले प्रथम स्थापना दिवस तथा बार्षिकोत्सव आज (शनिवार) धार्मिक तथा पर्यटकीय स्थल धनुषकोटीमा विविध कार्यक्रम गरेर मनाएको हो । ऊँ दशनामी समाजका कार्यवहाक अध्यक्ष बालकृष्ण गिरीको [...] The post ऊँ दशनामी समाजले मनायो धनुषकोटीमा प्रथम स्थापना दिवस appeared first on Jhapa Online.

Mar 22, 2025 - 11:08
 0
ऊँ दशनामी समाजले मनायो धनुषकोटीमा प्रथम स्थापना दिवस

सुरुङ्गा, ९ चैत । झापाको अर्जुनधारा नगरपालिका–५ मा रहेको ऊँ दशनामी समाजको स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । अर्जुनधारा–५, कनकाई–८ र बिर्तामोड–२ मा रहेका दशनामी बन्धुहरुको साझा संस्थाले प्रथम स्थापना दिवस तथा बार्षिकोत्सव आज (शनिवार) धार्मिक तथा पर्यटकीय स्थल धनुषकोटीमा विविध कार्यक्रम गरेर मनाएको हो ।

ऊँ दशनामी समाजका कार्यवहाक अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज झापा अध्यक्ष तथा झापा गोल्ड कपका अध्यक्ष केदार गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अक्षयकोष स्थापना गर्ने सदस्यलाई सम्मान तथा प्रमाण पत्र वितरण, परिकल्पनाकार सदस्यहरुलाई सम्मान र आजीवन सदस्यहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण गरिएको संस्थाका सचिव कुलबहादुर गिरीले जानकारी दिए ।

कार्यक्रममा १२ जना परिकल्पनाकार सम्मान, १४ घरपरिवार अक्षयकोष दातापरिवारलाई सम्मानसहित प्रमाणपत्र प्रदान, १५ घर परिवारलाई आजीवन सदस्यता बितरण गरिएको सह–सचिव राजु गिरीले जानकारी दिए । सोही कार्यक्रमकाबिच आउँदै गरेको नव बर्ष २०८२ को शुभकामना आदानप्रदानसहित बनभोज कार्यक्रम पनि गरिएको थियो ।

स्वागतसहित कार्यक्रमको आचित्यमाथि प्रकाश पार्दै समाजको गतिबिधिका बारेमा जानकारी सदस्य रामप्रसाद गिरीले गराएको कार्यक्रममा प्रमुख अतिथि केदार गिरी, सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी, अर्जुनधारा–५ का निवर्तमान वडाध्यक्ष ध्यानबहादुर भारती, समाजका पूर्व तदर्थ समितिका संयोजक खड्गबहादुर पुरी, दशनामी समाजका केन्द्रिय सदस्य एलबि गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समाजका सह–सचिव राजु गिरीले गरेका थिए । समाजमा हाल १२८ घरपरिवार आवद्ध रहेका समाजका अध्यक्ष तेजकुमार गिरीले जानकारी दिए ।

The post ऊँ दशनामी समाजले मनायो धनुषकोटीमा प्रथम स्थापना दिवस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register