इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक हुँदै

काठमाडौं । रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक गर्न लागेको घोषणा गरेको छ । यो ईभी पिकअप सवारी क्षेत्रको दिगो भविष्यतर्फको दिशामा ऐतिहासिक कदम भएको कम्पनीको भनाइ छ । अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडाराले ईभी पिकअप सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने बताइएको छ । […]

Mar 23, 2025 - 06:07
 0
इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक हुँदै

काठमाडौं । रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक गर्न लागेको घोषणा गरेको छ ।

यो ईभी पिकअप सवारी क्षेत्रको दिगो भविष्यतर्फको दिशामा ऐतिहासिक कदम भएको कम्पनीको भनाइ छ ।

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडाराले ईभी पिकअप सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने बताइएको छ । यसमा ४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र ७३ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ ।

रिडारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट फोर ह्विल ड्राइभ गरी विभिन्न ७ फरक ड्राइभिङ मोड रहेको छ । यसमा उपलब्ध ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणालीका कारण यसले र्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ ।

रिडाराले ग्राहकहरूलाई आफ्नै गाडीको मजबुती अनुभव गराउने उद्देश्यले फोर ह्विल ड्राइभ डेलिभरी र एड्भेन्चर ड्राइभ कार्यक्रम समेत आयोजना गर्ने बताएको छ । यस अन्तर्गत प्रयोगकर्ताहरूले विभिन्न कठिन भूगोलमा गाडीको प्रदर्शन प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।

कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि सहजता प्रदान गर्न रिडाराको पानीपोखरी र थापाथली शोरुमबाट हरेक एक घण्टामा निःशुल्क शटल सेवा उपलब्ध हुनेछ । शटल सेवा बिहान ११ बजे सुरु हुने र मुख्य कार्यक्रम दिउँसो १ बजे सुरु हुने बताइएको छ ।

चीनमा नम्बर वान ईभी पिकअपको पहिचान प्राप्त रिडारा ईभी पिकअपका मुल कम्पनी जिली अटो ग्रुप चीनका शीर्ष १० ठूला अटोमोबाइल कम्पनीहरूमध्ये एक हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register