महाअभियोग लगाइएका कोरियाका प्रधानमन्त्रीलाई अदालतले दियो क्लिन चिट, अब कार्यबहाक राष्ट्रपतिको जिम्मेवारीमा

सियोल ।  महाभियोग लगाइएका प्रधानमन्त्री हान डक सूलाई दक्षिण कोरियाली अदालतले कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित गरेको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले महाभियोग लगाइएका प्रधानमन्त्री हान डक सूलाई कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित गरेको हो । जुन राष्ट्रपति युन सुक–योलको महाभियोगबाट सुरु भएको राजनीतिक घटनाक्रमको पछिल्लो अपडेट हो ।  अदालतका आठ न्यायाधीशहरूले सोमबार हानको महाभियोग खारेज […]

Mar 24, 2025 - 08:37
 0
महाअभियोग लगाइएका कोरियाका प्रधानमन्त्रीलाई अदालतले दियो क्लिन चिट, अब कार्यबहाक राष्ट्रपतिको जिम्मेवारीमा

सियोल ।

 महाभियोग लगाइएका प्रधानमन्त्री हान डक सूलाई दक्षिण कोरियाली अदालतले कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित गरेको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले महाभियोग लगाइएका प्रधानमन्त्री हान डक सूलाई कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित गरेको हो । जुन राष्ट्रपति युन सुक–योलको महाभियोगबाट सुरु भएको राजनीतिक घटनाक्रमको पछिल्लो अपडेट हो ।

 अदालतका आठ न्यायाधीशहरूले सोमबार हानको महाभियोग खारेज गर्न ७–१ को अन्तरमा मतदान गरेका थिए । लगत्तै, उनी देशको सर्वोच्च पदमा पुनर्स्थापित हुन पुगेका छन् । 

 तर, न्यायधिसहरूले डिसेम्बर ३ मा संक्षिप्त रूपमा मार्शल ल लागू गरेपछि आफ्नो कर्तव्यबाट निलम्बित भएका यूनको भाग्यलाई छुट्टै विचार गर्नेछन, उनको बारेमा भने अझै निर्णय हुन सकेको छैन ।

 अदालतका पाँच न्यायाधीशहरूले हान (७५) हान विरुद्ध महाभियोग प्रस्ताव वैध भए पनि महाभियोग लगाउन पर्याप्त आधार नभएको पाएको जनाएका छन्। तर थप दुईजना न्यायाधीशले भने व्यवस्थापिकाको महाभियोग प्रस्तावलाई सुरुदेखि नै वैधानिकता नभएको फैसला सुनाएका थिए ।

 किनभने यसलाई दुई तिहाइ बहुमतको सट्टा ३०० सांसदहरूमध्ये १९२ जनाले मात्र समर्थन गरेको अवस्था रहेको थियो ।

 डिसेम्बर १४ मा यूनको महाभियोग पछि कार्यवाहक राष्ट्रपति नियुक्त भएका थिए । तर, संवैधानिक अदालतमा थप ३ न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको कारण हान आफैंलाई दुई हप्ता भन्दा कम समय पछि कार्यकारी राष्ट्रपतिको जिम्मेवारीबाट निलम्बित गरिएको थियो ।

 फैसला पछि एक टेलिभिजन सम्बोधनमा हानले अदालतको ‘बुद्धिमान निर्णय’ को लागी कृतज्ञता व्यक्त गरेका छन् ।  र, उनले आफ्नो देशले सामना गरिरहेको भूराजनीतिक चुनौतीहरू कम गर्न ध्यान केन्द्रित गर्ने वाचासमेत गरेका छन् ।

 ‘मलाई विश्वास छ कि सबै नागरिकहरूले अत्यधिक ध्रुवीकृत राजनीतिक क्षेत्रको विरुद्धमा स्पष्ट रूपमा बोलिरहेका छन् मलाई लाग्छ कि विभाजनको लागि कुनै ठाउँ छैन, हाम्रो देशको प्राथमिकता अगाडि बढ्नु हो,’ हानले अदालतको फैसाला पछि भने।

तत्कालिन राष्ट्रपति युन सुकले अप्रत्याशित रूपमा मुलुकमा ‘मार्शल ल’ लगाए पछि महाअभियोगवाट पदमुक्त भए पछि दक्षिण कोरियाका संबिधान अनुसार प्रधानमन्त्री हान स्वतः कार्यबहाक राष्ट्रपतिको जिम्मेवारीमा थिए । तर, उनीमाथि  पनि अभियोग दर्ता भए पछि जिम्मेवारीबिहिन भए पछि सोमवार भने उनलाई अदालतले पुनर्स्थापित गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register