आगामी वर्षदेखि श्रमिकको पारिश्रमिक बढ्दै ! 

काठमाडौँ । आगामी वर्षदेखि श्रमिकको पारिश्रमिक बढ्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आगामी साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढ्ने जानकारी दिएको हो ।  विभागका महानिर्देशक कमल प्रसाद भट्टराईका अनुसार श्रमिकको पारिश्रमिक बढाउन गृहकार्य सुरु भइसकेको छ ।  हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १७ हजार तीन सय रुपैयाँ तोकिएको छ । जसमा आधारभूत […]

Mar 24, 2025 - 12:05
 0
आगामी वर्षदेखि श्रमिकको पारिश्रमिक बढ्दै ! 

काठमाडौँ । आगामी वर्षदेखि श्रमिकको पारिश्रमिक बढ्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आगामी साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढ्ने जानकारी दिएको हो । 

विभागका महानिर्देशक कमल प्रसाद भट्टराईका अनुसार श्रमिकको पारिश्रमिक बढाउन गृहकार्य सुरु भइसकेको छ । 

हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १७ हजार तीन सय रुपैयाँ तोकिएको छ । जसमा आधारभूत पारिश्रमिक १० हजार ८ सय २० रुपैयाँ र महँगी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ तोकिएको छ । 

तर, अब आगामी आर्थिक वर्षदेखि श्रमिकको पारिश्रमिक बढ्ने भएको छ । आगामी वर्षदेखि बढ्ने पारिश्रमिकमा महँगी लगायत सबै कुरालाई ध्यानमा राखिने विभागले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register