कुमारी सहकारी ठगी प्रकरणः म्याग्दीका जिसस प्रमुखसहित ५ जना कारागार चलान 

काठमाडौँ । कुमारी सहकारी ठगी प्रकरणमा पाँच जना कारागार चलान भएका छन् । सहकारीको एक अर्ब १३ करोड रुपैयाँ हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहित पाँचजना कारागार चलान भएका हुन् ।  जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।  कारागार चलान हुनेहरुमा […]

Mar 6, 2025 - 04:29
 0
कुमारी सहकारी ठगी प्रकरणः म्याग्दीका जिसस प्रमुखसहित ५ जना कारागार चलान 

काठमाडौँ । कुमारी सहकारी ठगी प्रकरणमा पाँच जना कारागार चलान भएका छन् । सहकारीको एक अर्ब १३ करोड रुपैयाँ हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहित पाँचजना कारागार चलान भएका हुन् । 

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । 

कारागार चलान हुनेहरुमा जिसस प्रमुखसमेत रहेका सहकारीका पूर्वसञ्चालक राजकुमार थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रुद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन रहेका छन् । 

त्यस्तै, पाँचजनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेशसँगै अदालतले सहकारी रजिस्ट्रारको कार्यालयसँग समन्वय गरी १५ दिनभित्र सहकारीको आर्थिक कारोबार नियमित गरी अदालतमा जानकारी गराउन पनि सहकारीलाई आदेश दिएको छ । उक्त सहकारी ठगी प्रकरणमा मुद्दा चलेका २५ जनामध्ये फरार रहेका सहकारीका अध्यक्ष यामबहादुर रोकासहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register