अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना : तीन जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका– २ स्थित भुवनपाटामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुपादेउराली दर्शन गर्न गएको लु २ ख ३०३ नम्बरको बस बुधबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जानकारी दिएको छ । घटनाबारे एक प्रहरी अधिकारीले नेपालभ्युजसँग भने, ‘तीन जनाको मृत्यु पुष्टि भएको छ । अन्य विरण सङ्लन […]

Mar 26, 2025 - 13:29
 0
अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना : तीन जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका– २ स्थित भुवनपाटामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सुपादेउराली दर्शन गर्न गएको लु २ ख ३०३ नम्बरको बस बुधबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जानकारी दिएको छ ।

घटनाबारे एक प्रहरी अधिकारीले नेपालभ्युजसँग भने, ‘तीन जनाको मृत्यु पुष्टि भएको छ । अन्य विरण सङ्लन गरिरहेका छौं,’ उनले ।

बसमा कति सवार थिए र अन्यको अवस्था के छ भन्ने विवरण आउन बाँकी रहेको ती अधिकारीले बताए ।

उक्त बस पश्चिम नेपाल समितिको रहेको पाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register