छापिएको जानकारी नआउँदै लाइसेन्स लिन कार्यालय नगइदिनूः यातायात व्यवस्था विभाग
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाईको सूचना नआउँदै कार्यालयमा नजान यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले आधिकारिक माध्यममार्फत लाइसेन्स छपाई तथा वितरण प्रक्रियाबारे जानकारी लिन सेवाग्राहीलाई अनुरोध गरेको हो । लाइसेन्स छापिएपछि सम्बन्धित व्यक्तिलाई एसएमएस, विभागको वेबसाइट र फेसबुक पेज ‘हेलो यातायात व्यवस्था विभाग’ मार्फत जानकारी गराइने विभागले जनाएको छ । सूचना नपाई कार्यालय आउँदा सेवाग्राहीहरूले अनावश्यक दुःख पाउने र कार्यालयमा भीडभाड पनि बढ्ने भ...

What's Your Reaction?






