कर्पोरेट पेमा जोडिए २० हजार बढी संस्था, ८ महिनामै ७१४ अर्बको कारोबार फर्स्यौट
काठमाडौं । व्यावसायिक भुक्तानी प्रणाली कर्पोरेट पेमा २० हजारभन्दा बढी संस्था आबद्ध भएका छन् । एक विज्ञप्ति जारी गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले यो आँकडा पूरा भएको जानकारी दिएको हो । एनसीएचएलका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै कर्पोरेट पेमार्फत ७१४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साना तथा मझौला व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, वित्तीय संस्था लगायत विभिन्न संस्थाले डिजिटल भुक्तानीका लागि कर्पोरेट पेको प्रयोग गरिरहेका छन् । कर्पोरेट पेको मल्टी बैंकिङ डिजिटल पेमेन्ट तथा फाइनान्सिय...

What's Your Reaction?






