राजावादीहरूको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं । राजावादी समर्थकहरूले काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा उग्रता देखाएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार बैठकमा राजावादी समूहको प्रदर्शनलाई मध्येनजर गरी अबको योजनाबारे निर्णय गर्नेछ । बैठकमा गृहमन्त्री लेखकसहित गृहसचिव र सुरक्षा निकायको टोली सहभागी छ । यसअघि राजावादीहरूले  तीनकुने क्षेत्रमा  गरेको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय […]

Mar 28, 2025 - 10:57
 0
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं । राजावादी समर्थकहरूले काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा उग्रता देखाएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार बैठकमा राजावादी समूहको प्रदर्शनलाई मध्येनजर गरी अबको योजनाबारे निर्णय गर्नेछ ।

बैठकमा गृहमन्त्री लेखकसहित गृहसचिव र सुरक्षा निकायको टोली सहभागी छ ।

यसअघि राजावादीहरूले  तीनकुने क्षेत्रमा  गरेको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरिसकेको छ । राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले  शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register