शेरा दरबारले चर्चेको जग्गा व्यक्तिको नाउमा ल्याउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा दरबार बनेको थियो । सो जग्गा १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेको छ ।

काठमाडौं । नुवाकोटको शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान गरेको घटनाबारे गृहमन्त्री रमेश लेखकले प्रहरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख दीपक थापालाई निर्देशन दिएका हुन् ।
गृहमन्त्रीले अनुसन्धानबाट दोषी देखिएकाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिए ।
पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा दरबार बनेको थियो । सो जग्गा १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेको छ ।
सो जग्गा राजपरिवारको सदस्यको नाउँमा थियो । हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले कम्पनी खोलेका थिए । तर, सो कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारमा आएपछि छानबिन अघि बढेको हो ।
सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारले पनि सक्रियता देखाएको छ ।
What's Your Reaction?






