इजरायलसँग नयाँ युद्धविराम सम्झौता गर्न हमास सहमत

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा नयाँ युद्धविराम प्रस्तावमा सहमति जनाएको छ । जसमा थप पाँच बन्धकहरूलाई रिहा गर्ने र बदलामा ५० दिनको युद्धविरामको आह्वान गरिएको छ । हमासले मध्यस्थकर्ता कतार र इजिप्टले पठाएको सम्झौताको मस्यौदालाई अनुमोदन गरेको हमासका सबैभन्दा वरिष्ठ नेता खलील अल–हय्याले बताए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले पनि यो प्राप्त […]

Mar 30, 2025 - 04:08
 0
इजरायलसँग नयाँ युद्धविराम सम्झौता गर्न हमास सहमत

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा नयाँ युद्धविराम प्रस्तावमा सहमति जनाएको छ । जसमा थप पाँच बन्धकहरूलाई रिहा गर्ने र बदलामा ५० दिनको युद्धविरामको आह्वान गरिएको छ ।

हमासले मध्यस्थकर्ता कतार र इजिप्टले पठाएको सम्झौताको मस्यौदालाई अनुमोदन गरेको हमासका सबैभन्दा वरिष्ठ नेता खलील अल–हय्याले बताए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले पनि यो प्राप्त भएको र यस सम्बन्धमा प्रतिक्रिया पठाएको बताएको छ ।

यदि दुवै पक्ष नयाँ सम्झौतामा सहमत भएमा यो इदमा लागू गर्ने सम्भावना रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

इजरायली सेनाले गाजामा दैनिक हवाई आक्रमण र रफाहमा स्थलगत कारबाही गरिरहेको बेला नयाँ युद्धविराम सम्झौताको बारेमा छलफल जारी छ ।

जनवरीमा हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता यस महिना भङ्ग भएको हो ।

यस सम्झौताको पहिलो चरणमा हमासले ३३ जना बन्धकहरूलाई रिहा गर्यो । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको बताइएको छ । तर तीमध्ये कति जना अझै जीवित छन् भन्ने कुरा स्पष्ट छैन ।

हमास पहिलेको सम्झौता तोड्नु हुँदैन र दोस्रो चरणको लागि वार्ता सुरु हुनुपर्छ भन्ने चाहन्थ्यो । दोस्रो चरणमा प्यालेस्टिनी कैदीहरूको बदलामा जीवित बन्धकहरूको रिहाइ र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ताको आह्वान गरिएको थियो । तर यसबारे कुराकानी सुरु नै हुन सकेन ।

बदलामा इजरायल र संयुक्त राज्य अमेरिकाले एक महिनाअघि समाप्त भएको युद्धविरामको पहिलो चरणलाई थप गर्नुपर्ने प्रस्ताव राखे ।

इजरायलले हमासलाई यो कुरा स्वीकार नगरेको आरोप लगायो र फेरि आक्रमण सुरु गर्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register