एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं। मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेको छ। जापानका कप्तान चार्ली हारा-हिन्जेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपालले यसअघि आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ। यू-१६ इस्ट जोन कपमा नेपालसहित कुल […]

Jun 24, 2025 - 03:28
 0
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं। मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेको छ।

जापानका कप्तान चार्ली हारा-हिन्जेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित कुल १० टोलीको सहभागिता रहेको छ।

मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ मा कुल १० वटा टोली को सहभागिता रहेको छ।

समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान, जापान छन् भने समूह ‘बी’मा मलेसिया, हङकङ, चीन, थाइल्याण्ड, माल्दिभ्स र म्यानमार छन् ।

जुन २२ देखि सुरु भएको प्रतियोगिता जुलाई ५ सम्म हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register