पूर्वराजदूत कोइरालाको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । पूर्वराजदूत कमल कोइरालाको सोमबार अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा वैदिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । उक्त कार्यक्रममा विभिन्न सञ्चार गृहका पत्रकार, पार्टीका नेता, कूटनीतिज्ञ, आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए । दिवङ्गत प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल वरिष्ठ पत्रकार, लेखक, स्तम्भकार र पूर्वसांसदसमेत थिए । आइतबार राति सिनामङ्गलस्थित केएमसी अस्पतालमा ८७ […]

काठमाडौं । पूर्वराजदूत कमल कोइरालाको सोमबार अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा वैदिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । उक्त कार्यक्रममा विभिन्न सञ्चार गृहका पत्रकार, पार्टीका नेता, कूटनीतिज्ञ, आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए ।
दिवङ्गत प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल वरिष्ठ पत्रकार, लेखक, स्तम्भकार र पूर्वसांसदसमेत थिए । आइतबार राति सिनामङ्गलस्थित केएमसी अस्पतालमा ८७ वर्षीय कमलको उपचारको क्रममा निधन भएको थियो ।
उनका एक छोरा र एक छोरी छन् । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका कमलको पार्थिव शरीरलाई दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
What's Your Reaction?






