अमेरिकी डलरस्थिर, अस्ट्रेलियन डलर, युरो सस्तियो, पाउन्ड, कुबेती र बहराइन दिनार महँगियो

झापा, १९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहितका कतिपय मुद्रा सस्तिएका छन् । अमेरिकी डलरसहित केही मुद्राको विनियमदर भने स्थिर छ । आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा [...] The post अमेरिकी डलरस्थिर, अस्ट्रेलियन डलर, युरो सस्तियो, पाउन्ड, कुबेती र बहराइन दिनार महँगियो appeared first on Jhapa Online.

Apr 1, 2025 - 01:48
 0
अमेरिकी डलरस्थिर, अस्ट्रेलियन डलर, युरो सस्तियो, पाउन्ड, कुबेती र बहराइन दिनार महँगियो

झापा, १९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।

आज पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहितका कतिपय मुद्रा सस्तिएका छन् । अमेरिकी डलरसहित केही मुद्राको विनियमदर भने स्थिर छ । आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा छ । बिगत तीन दिनदेखि अमेरिकी डलरको विनियमदर यही छ ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरी, आज युरो १ को खरिददर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा छ । हिजो युरो १ को खरिददर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४१ पैसा थियो ।

त्यस्तै, आज पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४० पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा थियो । त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३० र बिक्रीदर ८५ रुपैयाँ ६८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८० र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६८ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६५ पैसा थियो । आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५६ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

The post अमेरिकी डलरस्थिर, अस्ट्रेलियन डलर, युरो सस्तियो, पाउन्ड, कुबेती र बहराइन दिनार महँगियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register