पत्रकार रजकलाई गोली लागेको हल्लापछि एक्स-रे गर्नुपर्ने चिकित्सकको अडान

काठमाडौं । तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि चिकित्सकहरूले एक्स-रे गर्नुपर्ने अडान लिएका छन् । टिचिङ अस्पतालका फरेन्सिक विभागका चिकित्सकले रजकको पोस्टमार्टम गर्नुअघि एक्स-रे गर्नुपर्ने अडान लिएका हुन् । भोलि विवाद हुनसक्ने भन्दै चिकित्सकले पहिला एक्सरे गर्नुपर्ने अडान लिएको एक प्रहरी अधिकृतले जानकारी दिए । ‘एक्सरे मेसिनको व्यवस्था […]

Apr 1, 2025 - 12:43
 0
पत्रकार रजकलाई गोली लागेको हल्लापछि एक्स-रे गर्नुपर्ने चिकित्सकको अडान

काठमाडौं । तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि चिकित्सकहरूले एक्स-रे गर्नुपर्ने अडान लिएका छन् ।

टिचिङ अस्पतालका फरेन्सिक विभागका चिकित्सकले रजकको पोस्टमार्टम गर्नुअघि एक्स-रे गर्नुपर्ने अडान लिएका हुन् ।

भोलि विवाद हुनसक्ने भन्दै चिकित्सकले पहिला एक्सरे गर्नुपर्ने अडान लिएको एक प्रहरी अधिकृतले जानकारी दिए । ‘एक्सरे मेसिनको व्यवस्था हुनेबित्तिकै एक्सरे गरेर पोस्टमार्टमको प्रक्रिया अघि बढाउने पक्षमा चिकित्सकहरु छन्,’ ती अधिकृतले भने ।

यसअघि सोमबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले रजकलाई गोली लागेको हल्लालाई ‘अनर्गल प्रचार’ भनेको थियो । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा जलेर रजकको मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register