सांसद बोहरालाई अन्तिम श्रद्धाञ्जली (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । बुधबार पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी अन्तिम श्रद्धाञ्जली गरिएको हो । बोहराको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ । लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मङ्गलबार बिहान निधन भएको हो । राप्रपाका नेता बोहराको […]

Apr 2, 2025 - 11:39
 0
सांसद बोहरालाई अन्तिम श्रद्धाञ्जली (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

बुधबार पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी अन्तिम श्रद्धाञ्जली गरिएको हो । बोहराको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ ।

लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मङ्गलबार बिहान निधन भएको हो । राप्रपाका नेता बोहराको शव मङ्गलबार उनको गृहजिल्ला रुपन्देशी लगिएको थियो । त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो ।

नेता बोहरा २०७९ सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर-३ बाट विजयी भएका थिए । राप्रपाले बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ ।

  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register